नेपाली

नेपालमा पछिल्लो समय विद्युतीय सवारी आयातको क्रम बर्सेनि बढ्दो

CRIPublished: 2024-08-27 15:39:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा पछिल्लो समय विद्युतीय सवारी आयातको क्रम बर्सेनि बढ्दो छ । सरकारले इन्धन सवारीको तुलनामा करलगायत विषयमा दिएको सुविधा आदिले विद्युतीय सवारी प्रयोग गर्नेहरूको संख्या बढेको हो । व्यक्तिगत प्रयोजनका विद्युतीय सवारीको तुलनामा दुईपांग्रे र ठूला सार्वजनिक सवारी आयात बढ्न सकेको भने छैन ।

महँगो मूल्य र पूर्वाधारको अभावका कारण दुईपांग्रे र ठूला सार्वजनिक सवारीमा आकर्षण नदेखिएको व्यवसायी बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरका ३ सय ८१ वटा विद्युतीय सवारी आयात भएका छन् । रकमका आधारमा यो गत आर्थिक वर्षको साउनको तुलनामा ५५ करोड ६४ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको साउनमा १ सय १० वटा मात्रै विद्युतीय सवारी आएका थिए । विभागका अनुसार ३४ करोड ६ लाख रुपैयाँको सवारीसाधन आयात भएको थियो । यता चालु आर्थिक वर्षको साउनमा पेट्रोलियम पदार्थका सवारी ३०० थान मात्रै आयात भएको विभागको तथ्यांक छ । ५४ करोड ३८ लाख रुपैयाँको पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन आयात भएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थका सवारीको तुलनामा विद्युतीय सवारी १० थान बढी आयात भएको विभागको तथ्यांक छ । यस्तै यस वर्षको साउनमा ८ वटा हाइब्रिड (पेट्रोल र बिजुली) सवारी आयात भएको विभागले बताएको छ ।

सरकारले सन् २०२५ सम्ममा कुल सवारीसाधन बिक्रीमध्ये निजी विद्युतीय सवारीतर्फ २५ प्रतिशत र सार्वजनिक विद्युतीय सवारीतर्फ २० प्रतिशत बेच्ने लक्ष्य लिएको छ । २०३० सम्म निजी सवारीसाधनमध्ये ९० प्रतिशत र सार्वजनिकमध्ये ६० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने सरकारको लक्ष्य छ । सार्वजनिक र निजी क्षेत्रका यातायात शून्य कार्बन उत्सर्जनमा रूपान्तरित हुनेमा सरकारको लक्ष्य केन्द्रित रहेको जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना (०८०–८७) मा उल्लेख छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn