नेपाली

बेलहिया नाकाबाट सवा तीन अर्बले निर्यात बढ्यो

criPublished: 2024-07-27 16:10:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस्तै, सिमेन्ट एक अर्ब ६५ करोड ८६ लाख नौ हजार, सिमेन्ट क्लिंकर एक अर्ब २० करोड २७ लाख ८९ हजार, विभिन्न वनस्पति उत्पादन ८२ करोड ५९ लाख ३६ हजार रुपियाँको निर्यात भएको सूचना अधिकृत चौधरीले बताउनुभयो। पिना ६६ करोड १९ लाख ७१ हजार, अल्किड रेजिन्स र अन्य रेजिन्स ६३ करोड ३५ लाख ८२ हजार, रोजिन (तार्पिन) खोटो ४७ करोड ३५ लाख ५ हजार, चाउचाउ नुडल्स पास्ता ४६ करोड ८६ लाख ५ हजार, जडीबुटी र बिरुवाको अङ्ग ४३ करोड ८० लाख ५६ हजार र प्लाइउड ४३ करोड २६ लाख ६७ हजार रुपियाँ मूल्यको निर्यात भएको भन्सार तथ्यांकमा उल्लेख छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले निर्यातमा भइरहेको सुधार सकारात्मक भएपनि जति हुनुपर्ने हो अझै हुन नसकेको बताउनुभयो। "निर्यातमा थुप्रै झन्झट छन्, व्यवसायी विभिन्न कार्यालय धाउँदा र स्वीकृत लिँदालिँदै थाक्छन्", उहाँले भन्नुभयो, "अव्यावहारिक र व्यावसायिक हितविपरीतका प्रावधान हटाउनुपर्छ। यसपछि निर्यात थप वृद्धि हुन्छ।" उहाँले सरकारले राजस्व असुली मात्रै गर्ने नभई व्यावसायिक वातावरण बनाउनुपर्ने बताउनुभयो।

"निकासीजन्य वस्तुको पहिचान गरी, त्यस्तो क्षेत्रमा सुविधा दिने, आवश्यक परे सरकारले नै लगानी गर्ने र निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ", उहाँले भन्नुभयो, "आर्थिक मन्दीको अहिलेको अवस्थामा निराश बनेका उद्योगी–व्यवसायी र आमनागरिकलाई राहतसहित उत्थानका कार्यक्रम ल्याउन जरुरी छ। यसले बल्ल उत्पादन बढ्छ र निकासी वृद्धि हुन्छ।"

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn