नेपाली

बेलहिया नाकाबाट सवा तीन अर्बले निर्यात बढ्यो

criPublished: 2024-07-27 16:10:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रुपन्देहीको बेलहिया नाका हुँदै बाह्य मुलुकमा निर्यात बढेको छ। भैरहवा भन्सार कार्यालयका अनुसार तीन वर्ष यता भारत लगायत तेस्रो मुलुकमा लगातार निर्यात वृद्धि भएको गोरखापत्र अनलाइनले लेखेको छ।

मुलुकका विभिन्न जिल्लामा उत्पादित वस्तु भैरहवास्थित बेलहिया नाका हुँदै निर्यात हुने गर्छ। भन्सारका सूचना अधिकृत नरेन्द्रप्रसाद चौधरीका अनुसार आर्थिक वर्ष २०७९-०८० मा भन्दा २०८०-०८१ मा सवा तीन अर्बले निर्यात वृद्धि भएको छ। ‘निर्यात वृद्धि हुनु हाम्रा लागि खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘सरकारी नीति धेरैभन्दा धेरै निर्यातजन्य वस्तुको उत्पादन गरी व्यापार घाटा कम गर्ने र आत्मनिर्भर बन्ने नै छ। यसैले निर्यातजन्य वस्तु उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।’ उहाँले निर्याजन्य वस्तुको पहिचान गरी उत्पादनमा जोड दिन सबैलाई आग्रह गर्नुभयो।

भन्सारका अनुसार आर्थिक २०८०-०८१ मा १३ अर्ब ८२ करोड ४२ लाख ६३ हजार रुपियाँ मूल्य बराबरका विभिन्न सामान बेलहिया नाका हुँदै भारततर्फ निर्यात भएको छ। २०७९-०८० मा १० अर्ब ७० करोड ९१ लाख ५६ हजार रुपियाँ मूल्यको नेपाली उत्पादन निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्क छ। यस्तै, २०७८-०७९ मा सात अर्ब ८१ करोड ४७ लाख ५७ हजार रुपियाँका वस्तु निर्यात भएका थिए। यो नाकाबाट निर्यात हुने कतिपय नेपाली उत्पादन भारत हुँदै तेस्रो मुलुक पनि जाने उहाँले बताउनुभयो।

"बेलहियाबाट निर्यात हुने अधिकांश सामान भारतकै विभिन्न ठाउँमा खपत हुन्छ तर केही सामान अन्य मुलुकमा पनि जाने गरेको हामीलाई जानकारीमा छ", सूचना अधिकृत चौधरीले भन्नुभयो। भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-०८१ मा सबैभन्दा बढी निर्यात हुने १० वस्तुमा सेन्थेटिक यार्न पहिलो नम्बरमा छ। सेन्थेटिक यार्न तीन अर्ब ३६ करोड ३८ लाख नौ हजार रुपियाँ बराबरको निर्यात गरिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn