नेपाली

नेपाली चियाको अन्तर्राष्ट्रिय बजार सुध्रिँदै

criPublished: 2024-07-25 16:50:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कोभिड–१९ को सङ्क्रमणपछि थलिएको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा यो वर्षदेखि सुधारको सङ्केत देखिएको छ। निर्यात वस्तुमध्ये राम्रो सम्भावना रहेको नेपाली अर्गानिक चियाको माग पनि यो वर्ष उच्च रहेको चिया व्यवसायीले बताएका छन्। विगत लामो समययता अर्गानिक चिया उत्पादन गरेर विदेशमा बिक्री गर्दै आउनु भएका इलाम जसबिरेका चिया व्यवसायी शरद सुब्बा यो वर्ष आफ्नो उत्पादनको माग राम्रो आएको बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यो साल विदेशी व्यापारीले पहिला नै पैसा पठाएर चिया बुकिङ गरेका छन्। एक सुइरो चिया त माग अनुसार पु-याउन मुस्किल छ।” उहाँका अनुसार यो वर्ष दुई हजार किलो स्पेसल चियाको माग छ तर उत्पादन पनि कम भएकाले उहाँले एक हजारदेखि एक हजार पाँच सय किलो मात्र चिया पु-याउन सक्ने अनुमान गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

तयारी चियाको बजारमा सुधार आएर व्यापारीले पनि राम्रै मूल्य दिएकाले सुब्बाले आफ्ना किसानलाई पनि हरियो पत्तीको मूल्य बढाएर दिएको बताउनुभयो। उहाँले किसानको हरियो चियालाई प्रतिकिलो ६५ रुपियाँदेखि प्रतिकिलो एक हजार छ सय रुपियाँसम्म दिने गरेको बताउनुभयो। सुब्बाले उत्पादन गरेका कोठीडाँडा, सुनकेशरी, गोल्डन टी, गोल्डन हनी, ओलाङ, आमा टी निकै स्वादिलो र विदेशी बजारबाट माग बढी आउने तयारी चियाका प्रकार हुन्। यो वर्ष फरक स्वादमा रेडपान्डा टी नाम दिएर अर्को चिया तयार गरेको सुब्बाले बताउनुभयो।

अघिल्लो वर्ष चिनमा आयोजित ‘टी एक्स्पो’ मा ग्रान्ड गोल्ड मेडल पाउन सफल भएको इलामको फाकफोकथुमस्थित तीनजुरे चिया कारखानामा पनि यो वर्ष चियाको माग राम्रो छ। गोल्डेन, ब्याल्क टी र ग्रिन टीलगायतका फरक जातका २० क्विन्टल तयारी चिया फ्रान्स पठाएको कारखानाका व्यवस्थापक दिनेश श्रेष्ठले बताउनुभयो। श्रेष्ठले कोरिया र नेदरल्यान्डमा पनि स्याम्पल पठाएको बताउनुभयो। गत वर्ष १३ हजार किलो तयारी चिया उत्पादन गरेको तीनजुरेमा यो वर्ष पनि उत्पादन गत वर्षकै जस्तो हुने अनुमान गरिएको श्रेष्ठको भनाइ छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn