नेपाली

नेपालले एक वर्षमा पौने तीन अर्बको छुर्पी गर्‍यो विदेशमा विक्री

criPublished: 2024-07-24 16:22:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिनासम्म अर्थात् असार महिनासम्म नेपालबाट कुल ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। असार महिनामा मात्रै २० करोड ६७ लाख ३० हजार रुपैयाँको छुर्पीको निर्यात भएको देखिन्छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘डग च्यू’ को माग व्यापक रूपमा बढेको छ। ‘डग च्यु’ चौरी गाई तथा गाईको दूधबाट बनाइने छुर्पीको प्रकार हो। जसको प्रयोग पश्च्मिा मुलुकहरूमा कुकुर तथा बिरालोको आहारका रूपमा गरिन्छ।

अजभन्दा ५ वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७५/७६ मा नेपालले १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ मात्रै विदेशमा बिक्री गरेको थियो। आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल बस्तु निर्यात ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रुपैयाँको रहेको थियो। यति बेला नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूको तालिकाको २४ औँ स्थानमा ‘डग च्यू’ रहेको थियो।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ बराबरको १७ लाख ४४ हजार ४५१ केजी ‘डग च्यू’ निर्यात गरेको थियो। यति बेला एकै वर्षमा नेपालले करिब १ अर्बको ‘डग च्यू’ निर्यात बढाएको थियो। यस आर्थिक वर्षमा नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको निर्यात गरेको थियो।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो। एक वर्षमा नेपालले डग च्यूको निर्यात करिब ४९ करोडले बढाएको थियो।

आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी विदेशी मुलुकहरूमा निर्यात गरेको छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn