नेपाली

नेपालले एक वर्षमा पौने तीन अर्बको छुर्पी गर्‍यो विदेशमा विक्री

criPublished: 2024-07-24 16:22:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एक वर्षमा नेपालले ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको छ। नेपालले आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब १८ करोड ४३ लाख २७ हजार रुपैयाँ बराबरको १६ लाख ४६ हजार ८८७ किलोग्राम ‘डग च्यू’ अर्थात् छुर्पी निर्यात गरेको नेपाल प्रेस अनलाइनले लेखेको छ।

नेपालले आर्थिक वर्ष २०८०/८१ भर कुल १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। नेपालबाट विदेशमा वस्तु निर्यात गर्नेको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि नेपालबाट बढी निर्यात हुने वस्तुहरूको तालिकामा डग च्यू १३ औँ नम्बरमा रहेको थियो।

आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालले ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार ११२ केजी ‘डग च्यू’ विदेशी मुलुकहरूमा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी कुकुरलाई खुवाउने आहार ‘डग च्यू’ निर्यात अमेरिकामा हुने गरेको छ। डग च्यू विदेशी मुलुकहरूमा कुकुर बिरालोको आहाराका रूपमा निर्यात गर्ने गरिन्छ। नेपालबाट निर्यात हुने वस्तुमा अहिले सबैभन्दा राम्रो बजार र चर्चा ‘डग च्यू’ले नै कमाई रहको छ। छुर्पी व्यापारीहरूले पनि नेपालबाट हुने निर्यातले निकै राम्रो वृद्धि लिने आंकलन गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असारमा मात्रै नेपालबाट विदेशमा ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो।

भदौ महिनासम्म नेपालले कुल ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको थियो। जहाँ भदौ महिनामा मात्रै नेपालले १७ करोड ५३ लाख ३८ हजार रुपैयाँको डग च्यू निर्यात गरेको थियो।

असोजसम्म आइपुग्दा नेपालले कुल ७६ करोड ११ लाख ६ हजार रुपैयाँको छुर्पी निर्यात गरेको थियो। जहाँ असोज महिनामा मात्रै २१ करोड १३ लाख ६ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो। कार्तिक महिनासम्म नेपालबाट ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको डग च्यू निर्यात भएको थियो। कार्तिक महिनामा मात्रै २१ करोड ७८ लाख ४३ हजार रुपैयाँको डग च्यू विदेश पठाइएको थियो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn