नेपाली

नेपालको वैदेशिक व्यापारमा सङ्कुचन: १५ खर्बको आयात, डेढ खर्बको निर्यात

criPublished: 2024-07-23 16:25:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस्तै चीनबाट दुई खर्ब ९८ अर्ब बराबर वस्तु आयात, दुई अर्ब ५८ करोड बराबर वस्तु निर्यात भएको देखिन्छ। चीनसँग दुई खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपियाँ व्यापार घाटा रहेको छ।

एक वर्षमा पेट्रोलियम पदार्थ आयातमा मात्र तीन खर्ब ३७ अर्ब ३४ करोड रुपियाँ विदेशिएको छ। पेट्रोलियम आयात उच्च हुँदा व्यापार घाटा बढाएको छ। एक वर्षमा सबैभन्दा धेरै एक खर्ब ४३ अर्ब ९७ करोड ६७ करोड २७ हजार रुपियाँको डिजेल आयात भएको छ।

यस्तै एक वर्ष ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपियाँको पेट्रोल र ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ। २० अर्ब रुपियाँको ७८ करोड ४१ लाख रुपियाँको हवाई इन्धन आयात भएको छ।

यस्तै एक खर्ब २५ अर्ब रुपियाँ बराबरको फलाम तथा स्टिल आयात भएको छ, जसमा ८५ अर्ब ७४ करोड बराबरको सवारीसाधन आयात छ। ४५ अर्ब ७९ करोड ७४ लाख रुपियाँको खाद्यान्न आयात भएको छ। २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार रुपियाँको स्मार्ट फोन र २८ अर्ब बराबर तरकारीजन्य वस्तु आयात भएको छ।

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्बको आयात हुँदा चार खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ। गत वर्ष छ खर्ब २७ अर्ब रुपियाँको राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चार खर्ब २० अर्ब रुपियाँ मात्र सङ्कलन भएको विभागले जनाएको छ। आयात घट्दा राजस्व सङ्कलनमा समेत कमी आएको हो। आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ७७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको थियो।

नेपालले विश्वका विभिन्न १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ। तीमध्ये ३५ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफामा छ। बाँकी सबै देशसँगको व्यापार घाटामा छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn