नेपाली

चितवन राष्ट्रिय निकुञ्जद्वारा एक वर्षमा ३६ करोड राजस्व सङ्कलन

criPublished: 2024-07-22 16:09:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा ३६ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । आव २०८०/८१ को असार मसान्तसम्म ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपियाँ राजस्व सङ्कलन गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ । निकुञ्जको राजस्वमध्ये सबैभन्दा धेरै पर्यटकबाट लिने शुल्क रहेको छ । कार्यालयका अनुसार एक आवमा पर्यापर्यटकबाट मात्रै ३० करोड ५७ लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । वन पैदावार बिव्रmीबाट निकुञ्जले चार करोड ६५ लाख राजस्व सङ्कलन गरेको छ ।

चितवन निकुञ्ज जङ्गल सफारीका लागि प्रख्यात छ । यहाँ आउने पर्यटकको रोजाइ जङ्गल सफारी भएकाले जिपमार्फत जङ्गल सफारी गर्नेको सङ्ख्या धेरै हुने गरेको कार्यालयले जानकारी दिएको छ । जिपपछि जङ्गल पैदलयात्रा गर्ने, राप्ती नदीमा डुङ्गा सफारी गर्ने र सरकारी हात्तीमार्फत हात्ती सफारी गर्ने गर्छन् । जिप सफारीबाट मात्रै पाँच करोड ४७ लाख रुपियाँ सङ्कलन भएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । जिप सफारीबाहेक अन्य माध्यमबाट निकुञ्ज प्रवेश गरेका पर्यापर्यटकबाट २५ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

निकुञ्जमा गत आवमा आन्तरिक पर्यटक सबैभन्दा धेरै आएका छन् । आन्तरिक पर्यटकको आगमनले गर्दा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि वृद्धि भएको पर्यटन व्यवसायी दीपक भट्टराईले जानकारी दिनुभयो । निकुञ्जका अनुसार गत आवमा आन्तरिक पर्यटक एक लाख ७६ हजारले निकुञ्ज प्रवेश गरेका छन् । विदेशी पर्यटक भने ९४ हजार आएका छन् । त्यस्तै सार्क मुलुकबाट आउनेको सङ्ख्या ३६ हजार चार सय रहेको निकुञ्जले जानकारी दिएको छ ।

गत वर्षमा तीन लाख छ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आव २०७९/८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, गत आवमा अघिल्लो आव २०७९/८० भन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आव २०८०/८१ मा एक लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९/८० मा दुई लाख पाँच हजार छ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn