नेपाली

यो वर्ष पनि विदेशिने युवा साढे सात लाख नजिक

criPublished: 2024-07-21 17:08:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लामो समय विदेशी रोजगारदाता श्रमिकविहीन रहेको र कोभिडको प्रभाव कम भएपछि बढ्दो व्यवसाय घाटा पूर्ति गर्न लगानी तथा व्यवसाय बढाएका कारण पनि ठूलो संख्यामा श्रमिक माग गरेको देखिन्छ । गुरुङका अनुसार कोभिडमा आर्थिक अभावका कारण स्वदेशमा बन्द भएका कतिपय उद्योग पुनः सञ्चालनमा आउन नसक्नु वैदेशिक रोजगारीमा जाने युवा बढ्नुको अर्को कारण हो । पछिल्लो समय भारतमा रोजगारी जाने युवासमेत रोजगारीमा लागि खाडी तथा मलेसिया जाने प्रवृत्ति बढेको बताउनुभयो। ‘विदेश जाने युवाको संख्या बढ्नु भनेको सरकारले आन्तरिक रोजगारी सिर्जना गर्न सञ्चालन गरेका कार्यक्रम असफल हुँदैछन् भन्ने संकेत हो,’ गुरुङले भन्नुभयो, ‘विकास निर्माणका कामसमेत नियमित हुन नसक्नुको परिणाम श्रमयोग्य जनशक्ति पलायन भइरहेको छ ।’

विभागका अनुसार राजधानी काठमाडौंसहित देशभरका ७ वटा श्रम कार्यालयबाट श्रमस्वीकृति लिने व्यवस्था अनलाइन गरिएका कारण श्रमिकलाई सेवा लिन सहज भएको छ। पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रमस्वीकृतिको संख्यामा वृद्धि भएको हो ।

श्रमस्वीकृति लिने श्रमिकको संख्या वृद्धि हुनु रेमिटेन्सका लागि भने सकारात्मक हो । चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब रेमिटेन्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn