नेपाली

यो वर्ष पनि विदेशिने युवा साढे सात लाख नजिक

criPublished: 2024-07-21 17:08:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत आवको तथ्यांकसहित विगत ३ वर्षमा २१ लाख ४१ हजार युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । तीन वर्षको तथ्यांकलाई औषत गर्दा वार्षिक ७ लाख १३ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रमस्वीकृति लिएका मध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या रहेको छ ।

वैदेशिक रोजगार विभागले गत आवमा रोजगारी खोज्दै ७ लाख ४० हजारभन्दा बढी युवा विदेश गएको जनाएको छ । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार युवाले विदेश जान श्रमस्वीकृति लिएकोमा गत आवमा साढे ७ लाखको हाराहारीले श्रमस्वीकृति लिएर विदेश गएका छन् ।

सरकारले श्रमस्वीकृतिको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये अघिल्लो आव र गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न शुरु गरेको थियो । आर्थिक वर्ष २०७८–७९ मा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ६ लाख ३० हजार ९० थियो ।

आर्थिक वर्ष २०७७–७८ मा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जान श्रमस्वीकृति लिएकोमा २०७८–७९ मा यो संख्या ६ लाख ३० हजार पुगेको थियो । विभागका निर्देशक लोकनाथ भुसालले वैदेशिक रोजगारीमा श्रमस्वीकृति सेवालाई पूर्ण अनलाइन बनाइएको र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई विदेशिनेको संख्या बढेको बताउनुभयो। आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्य मुलुकमा कोभिड संक्रमणपछि श्रमिक अभाव भएका कारण गत आवमा श्रमस्वीकृति लिनेको संख्या बढेको कारोबार अनलाइनले जनाएको छ।

समाजशास्त्री एवं श्रम रोजगार विज्ञ गणेश गुरुङ दुई वर्षसम्म कोभिड प्रभावका कारण वैदेशिक रोजगारीमा जान नपाएका युवा पछिल्लो समय गइरहेका कारण श्रमस्वीकृतिको संख्या बढेको बताउनुहुन्छ। कोभिडका कारण विदेश जान नपाएर र त्यसका कारण श्रम गन्तव्यमा रोजगारी गुमाएर फर्केका ८० प्रतिशत युवा पुनः रोजगारीका लागि विदेश गएका कारण पनि दुई वर्षयता श्रमस्वीकृति लिनेको संख्या बढेको हो ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn