नेपाली

चितवन निकुञ्ज घुम्ने पर्यटक ३ लाख, डुंगा र हात्ती जंगल सफारीमा आकर्षण

criPublished: 2024-07-20 17:44:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भोलिपल्ट साउन एक गते यो संख्या अझै बढ्यो । वनका अध्यक्ष जीतु तमाङका अनुसार साउन १ मा ७३ जनाले डुंगा सफारी गरे । त्यसै गरी २४ हात्ती सफारीमा निस्किए । पर्यटन सिजनमा दिनमै डुंगामा पाँच सयजनासम्म सयर गर्दछन् । त्यसै गरी ७० हात्ती सफारीका लागि जंगल जान्छ । मुख्य यामको जस्तो पर्यटक नआए पनि निकुञ्ज आसपासका जंगलमा झरीमा पनि पर्यटन ठप्प हुँदैन ।

सन् १९८० देखि नेचर गाइड सुरु गरेका र १८ वर्षअघि आफैंले होटल सञ्चालन गरेका चितवनका पुराना संरक्षणकर्मी टीका गिरीले भूकम्प, नाकाबन्दी र कोरोनाको लकडाउनपछि गुणस्तरमा ख्याल नपुगेको पो हो कि भन्ने देखिने गरेको बताउनुभयो। पर्यटकको संख्या बढेको भने पनि व्यपार नबढेको अनुभव अर्का होटल व्यवसायी बबिता चौधरीको रहेको छ।

निकुञ्जले नेपाली, सार्क र विदेशी पर्यटकको विवरण राख्छ । चितवन निकुञ्ज घुम्ने पर्यटकमा सार्क राष्ट्रकाभन्दा बाहिरी देशका विदेशी पर्यटक ९४ हजार ५० जना छन् । सार्क देशका ३६ हजार ४ सय ७१ जना छन् । कुनै बेला निकुञ्ज घुम्ने पर्यटकमा ६० प्रतिशतभन्दा बढी विदेशी हुन्थे । भूकम्प, नाकाबन्दी र कोरोनापछि विदेशी घट्दै गएका छन् । स्वदेशीको संख्या बढेको छ । चितवन निकुञ्ज घुम्न सबैभन्दा धेरै आर्थिक वर्ष ०७१/७२ मा सार्क बाहेक पनि एक लाख २७ हजारसम्म विदेशी पर्यटक आएका थिए।

चितवन निकुञ्ज चितवनसहित, नवलपरासी, मकवानपुर र पर्सा जिल्लासँग जोडिएको छ। सबैभन्दा बढी पर्यटकीय गतिविधि चितवनको सौराहामा छ । सबै क्षेत्रमा पर्यटन विस्तार गरी स्थानीयले लाभ लिने वातावरण बनाउन चितवन माडी पाण्डबनगरमा होमस्टे चलाएका बोटे समुदायका अगुवा जगनारायण बोटेले बताउनुभयो। चितवन निकुञ्ज घुम्न आउने पर्यटकले जिप सफारी, हात्ती सफारी, डुंगा सफारी र अनुभवी नेचर गाइडलाई साथ लिएर पैदलै जंगल डुल्ने जस्ता गतिविधि गर्दछन् । निकुञ्जभित्र हात्ती सफारी हुँदैन । निकुञ्ज आडको मध्यवर्ती वनहरूमा मात्रै हात्ती सफारी हुने गरेको छ । जिप सफारी निकुञ्जभित्र र मध्यवर्ती सामुदायिक वनमा हुने चितवनको प्रमुख पर्यटकीय गतिविधि हो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn