नेपाली

चितवन निकुञ्ज घुम्ने पर्यटक ३ लाख, डुंगा र हात्ती जंगल सफारीमा आकर्षण

criPublished: 2024-07-20 17:44:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वन्यजन्तु अवलोकनका लागि नेपालको पहिलो पर्यटकीय गन्तब्य चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या गएको आर्थिक वर्षमा तीन लाख नाघेको छ । यो संख्या अहिलेसम्म कै उच्च भएको निकुञ्ज अधिकारीहरू बताउँछन् । निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको आर्थिक वर्ष ०८०/८१ मा कुल तीन लाख ६ हजार ८३७ जनाले चितवन निकुञ्ज घुमेका छन् ।

निकुञ्जले गएको आर्थिक वर्षमा ३६ करोड ७२ लाख ९२ हजार ८ सय ७ रुपैयाँ राजश्व आम्दानी गरेको छ । त्यसअघि आर्थिक वर्ष ०७९/८० मा पर्यटक संख्या दुई लाख ९९ हजार ४ सय १२ थियो । २९ करोड ८९ लाख ६५ हजार ४ सय ९५ रुपैयाँ राजश्व उठेको थियो। ‘गएको आर्थिक वर्षमा निकुञ्ज घुम्ने पर्यटकको संख्या र राजश्व अहिलेसम्म कै उच्च हो। निकुञ्ज घुम्ने पर्यटकको संख्या पहिलो पटक तीन लाख नाघ्यो,’ तिवारीले भन्नुभयो।

चितवन निकुञ्ज विसं २०३० साल असोजमा स्थापना भएको देशको पहिलो निकुञ्ज हो। यो निकुञ्ज विश्वमा लोप हुने अवस्थामा रहेका एकसिंगे गैंडा, पाटे बाघ, घडियाल, गोही जस्ता जीव जनावरहरूको नेपालमा मुख्य बासस्थल हो । जंगली हात्तीऽ अनेकौं चरा र जलचर तथा वनसपतिहरू पनि यहाँ छन् । निकुञ्ज आडमा आदिवासी थारु, बोटे, कुमाल, दराईको बसोबास छ । जसको संस्कार संस्कृति पनि पर्यटकले रुचाएका छन् ।

बर्खायाम लागेपपछि चितवन निकुञ्जभित्र मध्य असारदेखि जिप सफारी बन्द हुन्छ । तर निकुञ्ज बाहिरका मध्यवर्ती सामुदायिक वनहरूमा सम्भव भएसम्म पर्यटकीय गतिविधि जारी नै रहन्छ । पर्यटक याममा सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वनभित्र हात्ती सफारी र आडबाट बग्ने बुढी राप्ती खोलामा डुंगा सफारी राम्रैसँग चल्छ । असार मसान्तका दिन पनि ५० जनाले डुंगा सफारी र १४ वटा हात्ती जंगल सफारीमा गएको कान्तिपुर अनलाइनमा खबर छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn