नेपाली

साना व्यवसायमा बढ्यो आकर्षण, ठूलाको लगानी इच्छा घट्यो, वैदेशिक लगानी प्रतिबद्धता १० वर्ष यताकै धेरै

criPublished: 2024-07-19 17:32:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सानो लगानीका नयाँ उद्योगमा व्यवसायीहरूको चासो बढेको छ। ठूला र मझौला उद्योगमा अपेक्षित लगानी बढ्न नसकेको समयमा सानो–सानो लगानीका उद्योगहरूको दर्ता भने ७९ प्रतिशतले बढेको छ। १५ करोड रूपैयाँसम्मको पुँजी भएको उद्योगलाई साना उद्योगको रूपमा गणना गरिन्छ।

१५ करोडभन्दा धेरै र ५० करोडभन्दा सानो पुँजी भएका उद्योगलाई मझौला तथा ५० करोड रूपैयाँभन्दा धेरै पुँजी भएका उद्योगलाई ठूला उद्योगको रूपमा वर्गीकरण गरिएको छ।

गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी लगानीका तीन सय ३३ वटा साना उद्योग दर्ता भएका छन्। ५२ मझौला र ४९ वटा ठूला उद्योग दर्ता भएको उद्योग विभागको तथ्यांक छ। जबकि सरकारको लक्ष्य साना दुई सय, ठूला ८० र मझौला ८५ वटा उद्योग दर्ता गर्ने थियो। आर्थिक वर्ष २०७९/८० मा १८६ साना, ७० मझौला र ६६ वटा ठूला उद्योग दर्ता भएका थिए।

हरेक वर्ष ठूला उद्योगको तुलनामा साना उद्योग नै बढी सञ्चालनमा आउँछन्। गत वर्ष भने साना उद्योगको दर्ता उल्लेखनीय बढेको छ। त्यसअघिको वर्षको तुलनामा ठूला र मझौला उद्योगको दर्ता संख्या भने कम छ। आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब १४ अर्ब पुँजी बराबरका ३२२ वटा उद्योग दर्ता भएका थिए।

२०८०/८१ मा साना उद्योगको दर्ता उल्लेख्य बढेको कारण समग्र उद्योग दर्ता संख्या चार सय ३४ पुगेको छ। तर, यी उद्योगमा प्रस्तावित पुँजी भने अघिल्लो वर्षको तुलनामा १२ अर्ब रूपैयाँले कम छ। यो वर्ष कुल प्रस्तावित पुँजी दुई खर्ब दुई अर्ब पुगेको छ। तर, साना धेरै उद्योग दर्ता भएको कारण रोजगारी सिर्जना भने बढी हुने अनुमान गरिएको छ। ४३४ साना ठूला उद्योगले २५ हजार ५५१ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

सेतोपाटी अनलाइनका अनुसार उद्योग विभागमा गत आर्थिक वर्षमा १० वर्ष यताकै उच्च लगानी प्रतिबद्धता प्राप्त भएको छ। विभागको तथ्यांक अनुसार गत वर्ष ६१ अर्ब ७८ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको छ। त्यसअघिको आर्थिक वर्षमा जम्मा ३० अर्ब ७१ करोड रूपैयाँको लगानी प्रतिबद्धता आएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn