नेपाली

प्रमुख दुई दल मिलेर बनेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने संकेत

criPublished: 2024-07-18 16:46:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नागरिकन्यूज डटकमका अनुसार मन्त्री भण्डारीले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताभयो। उहाँले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताउनुभयो। उहाँले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउने बताउनुभयो। मन्त्री भण्डारीले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताउनुभयो।

मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो। ‘मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको छ,’ ढकालले प्रधानमन्त्री समक्ष भन्नुभयो, ‘निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव छ।’

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो। निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्ने लगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनुपर्ने ढकालले बताउनुभयो

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको बताउनुभयो। निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धी विवाद तत्काल समाधान गरी व्यावसायिक वातावरण बनाउन आग्रह गर्नुभयो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn