नेपाली

प्रमुख दुई दल मिलेर बनेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने संकेत

criPublished: 2024-07-18 16:46:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने संकेत गरेको छ। मुलुकको आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेर उद्योगी, व्यवसायीको मनोबल खस्किरहेको अवस्थामा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

नयाँ सरकार गठनसँगै निजी क्षेत्रका समस्या र सरकारले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलाई भेट्न गएको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको मनोबल बढाउँदै सँगै लिएर अघि बढ्ने बढाउँदै उद्योगी, व्यवसायीको मनोबल बढाउने गरी ढाडस दिनुभयो।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढाउने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने बताउनुभएको छ। ओलीलाई बधाई दिन पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना विकास सम्भव नभएको बताउनुभयो।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका बताउनुभयो। मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नुपर्ने धारणा राख्नुभयो। मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउनु नपर्ने वातावरण सिर्जना गर्ने बताताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn