नेपाली

प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो

criPublished: 2024-07-17 16:10:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुरुदेखि हालसम्म छ हजार २६७ वटा परियोजनामार्फत पाँच खर्ब ११ अर्ब ८९ करोड ३४ लाख ७७ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता आए पनि सो अनुुपातमा विदेशी लगानी नआई न्यून मात्र आउने गरेको छ। प्रतिबद्धता गरे अनुसार ३० देखि ३५ प्रतिशत मात्र लगानी भित्रिने गरेको छ ।

यस्तै स्वचालित मार्गबाट १३९ परियोजनामार्फत आठ अर्ब ११ करोड ६२ लाख वैदेशिक लगानी भित्रिएको छ । साढे दुई महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ । गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुने प्रणालीको कार्यान्वयन आएको थियो । स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

स्वचालित मार्गबाट सबैभन्दा धेरै पर्यटनमूलक परियोजनामा ६९, कृषिमूलक परियोजनामा एक, सूचना प्रविधिमा २८, पूर्वाधारमा एक, उत्पादनमूलकमा पाँच र सेवामूलक ३५ परियोजनामा लगानी भित्रिएको छ । २०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानी भिœयाउने कार्यव्रmम गत वैशाख दोस्रो सातादेखि कार्यान्वयनमा आएको थियो ।

गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीकर्ताले नेपालबाट लैजाने रोयल्टी रकम घटेको छ । विभागको तथ्याङ्क अनुसार यस वर्ष नेपालबाट दुई अर्ब ७९ करोड रुपियाँ रोयल्टी विदेश गएको छ। गत आवमा दुई अर्ब ३३ करोड रुपियाँ रोयल्टी बिदेसिएको थियो । नेपालबाट एक वर्षमा विदेशी लगानीकर्ताले १० अर्ब सात करोड रुपियाँ लाभांश लगेको देखिएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn