नेपाली

प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो

criPublished: 2024-07-17 16:10:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०-८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो । उद्योग विभागका अनुसार गत आवमा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०-८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो ।

अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ ।

गत आवमा आव २०७९-८० को तुलनामा २३ अर्ब ५० करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको हो । सरकारले गत वैशाख दोस्रो साता गरेको लगानी सम्मेलनसँगै बजेटमार्फत गरिएको नीतिगत सुधारले विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको हो ।

विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले नीतिगत सुधारले गर्दा मुलुकमा भित्रिने लगानी प्रतिबद्धता वृद्धि भएको जानकारी दिनुुभयो । गत वैशाख दोस्रो साता भएको लगानी सम्मेलनसँगै ऐन कानुन संशोधन गरेका कारण गर्दा विदेशी लगानी प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ ।

गत आवको असार महिनामा मात्र ४८ वटा परियोजना १७ अर्ब ४८ करोड ४७ लाख २० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । असारमा एउटा जलविद्युत् परियोजनामा १३ अर्ब लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

गोरखापत्र अनलाइनका अनुसार एक आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १९७ परियोजनामार्फत विदेशी लगानी प्रतिबद्धता आएको छ । यस्तै सेवा क्षेत्रमा १३३ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रमा ४६, सूचना प्रविधिमा ११, कृषिमा आठ, पूर्वाधारमा छ, ऊर्जा र खानीजन्य परियोजना तीन-तीन वटामा लगानी प्रतिबद्धता आएको छ । साना उद्योग ३८६, मझौला १५ र ठुुला छ वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn