नेपाली

नेपालको शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

CRIPublished: 2024-07-11 15:51:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आव २०८०-८१ को ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।गत जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपात क्रमशः ३४.५ प्रतिशत, १०५.२ प्रतिशत र २९.२ प्रतिशत छन्। अघिल्लो वर्षको असार मसान्तमा यी अनुपात क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए।

आव २०८०-८१ को ११ महिनामा कुल वस्तु निर्यात तीन प्रतिशतले घटेर एक खर्ब १३९ अर्ब २६ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २२.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यातमा ४.५ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ५७.७ प्रतिशतले वृद्धि भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn