नेपाली

नेपालको शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

CRIPublished: 2024-07-11 15:51:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आर्थिक वर्ष २०८०-८१ को पहिलो ११ महिनामा नेपालको शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको वर्तमान आर्थिक अवस्थाबारे प्रतिवेदन अनुसार अमेरिकी डलरमा तीन अर्ब २० करोडले बचतमा रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब २४ अर्ब ९० करोड रुपियाँले बचतमा थियो। अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ७१ करोड डलरले बचतमा थियो। समीक्षा अवधिमा चालु खाता दुई खर्ब ३९ करोड रुपियाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको छ।

चालु आवको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। जुन १९.३ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.७० प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई नौ अर्ब ९८ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो।

विवरण अनुसार अघिल्लो वर्ष असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २७.८ प्रतिशतले वृद्धि भई २०८१ जेठ मसान्तमा १९ खर्ब ६७ अर्ब १९ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८१ जेठ मसान्तमा २५.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ७२ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ जेठ मसान्तमा ३०.२ प्रतिशतले वृद्धि भई १७ खर्ब ५२ अर्ब ७७ करोड पुगेको छ। बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो वर्ष असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत जेठ मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई दुई खर्ब १४ अर्ब ४२ करोड कायम भएको राष्ट्र बैङ्कले जनाएको छ। गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn