नेपालको निर्यात व्यापार धान्ने प्रमुख दस वस्तुहरु
१० वस्तुबाहेक अन्य वस्तुको निर्यात भने निराशाजनक अवस्था रहेको छ। चालु आवको ११ महिनामा धागो निर्यातमा ४.६ प्रतिशतले ह्रास आई १० अर्ब ७२ करोडमा सीमित भएको छ भने उनी गलैँचाको निर्यात पनि ५.७ प्रतिशतले घटेर नौ अर्ब ७३ करोडमा झरेको छ।
यस्तै जुट तथा जुटका उत्पादनको निर्यात ११ प्रतिशतले घटेर छ अर्ब २१ करोड तथा उनी फेल्टको निकासी ४.६ प्रतिशतले घटेर चार अर्ब ३८ करोडमा सीमित भएको छ। कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँचीको निर्यातसमेत २.९ प्रतिशतले घटेर सात अर्ब ४७ करोडमा झरेको छ। चियाको निर्यात पनि १२.७ प्रतिशतले ह्रास आई तीन अर्ब १६ करोडमा सीमित भएको छ। चालु आवको सुरुदेखि नै आयात निर्यातमा कमी हुँदै आएको छ।
नेपालबाट सबैभन्दा बढी निर्यात गरिने देशमा भारत, अमेरिका, जर्मन, बेलायत, टर्की र चीन रहेका छन्।नेपालले विभिन्न १७० देशसँग वैदेशिक व्यापार गर्ने गरेको छ। जसमा ३५ वटा देशसँग व्यापार नाफा र १३५ वटा देशसँग व्यापार घाटा रहेको छ।