नेपाली

नेपालको निर्यात व्यापार धान्ने प्रमुख दस वस्तुहरु

CRIPublished: 2024-07-11 15:42:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा अधिकांश वस्तुको निर्यात घटिरहेका बेला १० वटा स्वदेशी वस्तुले नेपालको निर्यात व्यापार धानेका छन्। व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका ११ महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने १० वटा वस्तु रहेका छन्।

११ महिनामा कुल निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँको निर्यात हुँदा १० वस्तुको निर्यात बढेको गोरखापत्र अनलाइनले लेखेको छ। केन्द्रको तथ्याङ्क अनुसार ११ महिनामा १० वस्तुको निर्यात ४० अर्ब रुपियाँभन्दा बढीको भएको छ।

केन्द्रका अनुसार ११ महिनामा आइरन तथा स्टिलको निर्यात ५९.८ प्रतिशतले बढेर १५ अर्ब ८१ करोड ८७ लाख ५५ हजार रुपियाँ बराबरको निर्यात भएको छ। यस्तै जुस निर्यात ३० प्रतिशतले बढेर सात अर्ब ९६ करोड ३० लाख ८८ करोड रपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ।

यस्तै प्लाइउड निर्यात ६० प्रतिशतले बढेर छ अर्ब ६८ करोड ३४ लाख रुपियाँ बराबरको निर्यात भएको छ। यस्तै रेडिमेट गार्मेन्ट १२ प्रतिशतले बढेर आठ अर्ब १५ करोड ९५ लाख रुपियाँको निर्यात भएको छ। यस्तै सिमेन्ट निर्यात ४८४ प्रतिशतले बढेर एक अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपियाँ बराबरको निर्यात भएको छ। क्लिङ्कर निर्यात ४०१ प्रतिशतले वृद्धि भई एक अर्ब ८२ करोड ४६ लाख ८९ हजार रुपियाँ बराबरको निर्यात भएको छ।

यस्तै अम्रिसो निर्यात ३२ प्रतिशतले बढेर एक अर्ब २६ करोड १२ लाख ९१ हजार रुपियाँ बराबरको निर्यात भएको छ। जुत्ता निर्यात २१ प्रतिशतले बढेर एक अर्ब १८ करोड २१ लाख ५६ हजार रुपियाँ बराबरको निर्यात भएको केन्द्रको तथ्याङ्क छ। तामाको निर्यात ८१ प्रतिशतले बढेर एक अर्ब १७ करोड ४४ लाख रुपियाँको निर्यात भएको छ। यस्तै टुथपेस्ट निर्यात ३३ प्रतिशतले बढेर ६९ करोड २५ लाख रुपियाँ बराबरको निर्यात भएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn