नेपाली

तेश्रो लगानी सम्मेलनपछि दुई परियोजनामा आशय पत्र

criPublished: 2024-07-05 16:04:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अनलाइनखबरका अनुसार लगानीकर्ताले सोकेसमा राखेका आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्तालाई थप एक महिनाको समय दिइएको छ । उपसचिव अधिकारीका अनुसार सरकारले तेस्रो लगानी सम्मेलनमा आशय पत्र माग्ने गरी १९ परियोजना छनोट गरी सोकेसमा राखिएको थियो । यसमध्ये लगानीबोर्डको अधिकार क्षेत्रभित्र पर्ने परियोजनाहरूमा आशय पत्र दिने समय थप एक महिना लम्बाइएको छ । यसअघिको अवधि सम्पन्न भए पनि लगानीकर्ताले अबको एक महिनासम्म आशय पत्र पेस गर्न सक्ने भएका छन् ।

सरकार र निजी क्षेत्रको आयोजनामा तेस्रो लगानी सम्मेलन १६ र १७ वैशाखका दिन काठमाडौमा आयोजना गरिएको थियो । सरकारले नेपालमा लगानीको वातावरण बनेको भन्दै आयोजनाहरू लगानीकर्ता समक्ष प्रस्तुत गरेको थियो । तर, लगानी सम्मेलन सम्पन्न भएको तेस्रो महिना बितिसक्दा विदेशी लगानीकर्ताबाट कुनै पनि आशय पत्र प्राप्त नहुनु र स्वदेशीले समेत दुई वटा मात्र प्रस्ताव गर्नुले लगानी सम्मेलनको उपलब्धि उत्साहजनक नदेखिने सम्भावना बढेको छ ।

लगानी सम्मेलनको मुखमा हतार–हतार कानुनहरू संशोधन गरिएको थियो । सरकारले यस पटक १ सय ५२ वटा परियोजनाहरू सोकेसमा राखेको थियो । यी परियोजनाहरू विभिन्न चरणमा रहेका थिए । सरकारले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा हरेक पटक उही प्रकृतिका परियोजना सोकेसमा राख्ने र ती परियोजनालाई अगाडि बढाउन न्यूनतम तयारीका काम समेत पूरा गर्न नसक्दा लगानीकर्ता आकर्षित भने हुन सकेका छैनन् ।

लगानी सम्मेलनकै दौरान रारामा रिसोर्ट खोल्न एक्सपर्ट ग्रुपसँग सम्झौता भएको थियो। लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका थिए ।

सम्मेलनका दौरान नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) र इन्डियन इन्डस्ट्रिज एसोसिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा एफएनआईसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरेका थिए ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn