नेपाली

तेश्रो लगानी सम्मेलनपछि दुई परियोजनामा आशय पत्र

criPublished: 2024-07-05 16:04:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

लगानी सम्मेलनका दौरान सोकेसमा राखिएका परियोजनामध्ये अहिलेसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र प्राप्त भएको छ । लगानी बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने कुल १२ वटा परियोजनामा आशय पत्र मागिएको थियो । यसमध्ये ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएको छ।

यसमध्ये जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना र बबरमहल एडमिनिस्ट्रेटिभ प्लाजा गरी दुई परियोजनामा मात्र आशय पत्र प्राप्त भएको अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार हेरिटेज होटलमा स्वदेशी लगानीकर्ता सोल्टी शिवबिक्रम प्रालि ताहाचलले आशय पत्र बुझाएको छ ।

यो परियोजना चार वर्ष अगाडिको लगानी सम्मेलनमा समेत सोकेसमा राखिएको थियो । पछिल्लो समय सोल्टी होटलले तीव्र लगानी विस्तार गरिरहेको छ। सोही क्रममा कम्पनीले जानकी होटलमा लगानीको आशय देखाएको हो। यस होटलको लागत साढे २ अर्ब अनुमान गरिएको छ । लगानी बोर्डले लगानी सहजीकरणका लागि काम गर्नुपर्ने हुन्छ । बबरमहल प्रशासनिक प्लाजाका लागि समेत एक आशय पत्र प्राप्त भएको छ । यस परियोजनामा गन्सु–एसएस–ल्यान्डमार्क काठमाडौंले आशय पत्र बुझाएको बोर्डले जनाएको छ ।

८ वटा परियोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दाइजी औद्योगिक पार्क र गौतमबुद्ध मेटरनिटी हस्पिटलमा भने कुनै पनि लगानीकर्ताले आशय देखाउन नसकेको लगानी बोर्डले जनाएको छ । बाँकी ४ परियोजनाको भने आशय पत्र लिने अवधि १२ जुलाई २०२४ रहेको छ । यी चार परियोजनामा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना (२८१ मेगावाट), कालिगण्डकी २ स्टोरेज जलविद्युत् परियोजना (६५० मेगावाट) खिम्ती थोसे शिवालय स्टोरेज जलविद्युत् (१२१६ मेगावाट) र भार्भुङ स्टोरेज हाइड्रोपावर (३३७ मेगावाट) रहेका छन् ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn