नेपाली

नेपालमा आज राष्ट्रिय धान दिवस, आत्मनिर्भर बनाउन जोडतोड

criPublished: 2024-06-29 17:11:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आज असार १५, मानो रोपेर मुरी उब्जाउने मुख्य दिन। यस दिनलाई किसानले अरू पनि विभिन्न रूपमा सम्झिन्छन्। असार १५ मा खेतमा धान रोपाइँ गरेपछि दही चिउरा खाने चलन पनि छ। कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको छ। यस वर्ष २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको गोरखापत्र अनलाइनले लेखेको छ।

सरकारले असार १५ गते धान दिवस तथा रोपाइँ महोत्सवको मुख्य कार्यक्रम चितवनमा गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनको बछौलीमा हुने कृषि विभागका रोपाइँ महोत्सव हुने महानिर्देशक डा. नरहरिप्रसाद घिमिरे बताउनुभयो। चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री ज्वालाकुमारी साहले बताउनुभयो।

पूरै डेढ बिघामा धान रोपाइँ सकेर मात्र कार्यक्रम सम्पन्न हुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा धानमा आत्मनिर्भर हुने लक्ष्य सरकारले लिएको छ, सोही अनुसार धान उत्पादनमा वृद्धि गर्न अभियान चलाउने तयारी भइरहेको छ।” हाल ५७ लाख मेट्रिक धान उत्पादन भइरहेको छ, आत्मनिर्भर हुनका लागि तीन लाख मेट्रिक टन धानको अभाव रहेको र अगामी आर्थिक वर्षमा त्यो तीन लाख मेट्रिक टन जसरी पनि पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो। त्यसका लागि उन्नत जातको धान लगाउने तथा चैत धानमा जोड दिने तयारी रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “जुन धान बढी फल्छ, बढी उत्पादन दिन्छ, त्यही धानको बिउ व्यवस्था गरेर खेती लगाउने व्यवस्था हुन्छ। त्यसबाहेक चैते धान उत्पादनमा जोड दिएपछि अगामी आर्थिक वर्षमै आत्मनिर्भर हुन्छौँ।” उहाँका अनुसार धान उत्पादन वृद्धिका लागि सुक्खा सहने, पानी सहने जातका बिउ विकास गरिएको छ। त्यसका साथै कम समयमा फल्ने र पाक्ने जातका धानको बिउको समय व्यवस्था भइरहेको छ। मसिनो र बास्नादार धान उत्पादनमा समेत जोड दिने बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn