नेपाली

नेपालमा चीन र कोरियाबाट सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता

criPublished: 2024-06-26 16:04:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार २१८ परियोजनामा चार खर्ब ९४ अर्ब ३६ करोड ९७ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत वैदेशिक लगानी नेपाल भित्रिने गरेको बताइएको छ।

स्वचालित मार्गबाट ११ अर्ब १८ करोड वैदेशिक लगानी स्वचालित मार्गबाट भित्रिएको छ। डेढ महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ। गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुने प्रणालीको कार्यान्वयन आएको थियो। स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी गर्न पाउने व्यवस्था रहेको छ।

२०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अब अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो। सोही अनुसार स्वचालित मार्गबाट लगानी भित्र्याउने कार्यक्रम गत वैशाख महिनादेखि कार्यान्वयनमा आएको थियो।

यसअघि विदेशी लगानीकर्ताले लगानी प्रस्ताव गर्न र स्वीकृति लिन विभिन्न देशबाट उद्योग विभागमा भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था थियो। विदेशी लगानी स्वचालित मार्गबाट कार्यान्वयन भएपछि लगानीकर्ताका लागि सहज भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn