नेपाली

नेपालमा चीन र कोरियाबाट सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता

criPublished: 2024-06-26 16:04:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा लगानी गर्ने भनेर सबैभन्दा धेरै छिमेकी मुलुक चीन र कोरियाबाट वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ३१९ वटा परियोजनामार्फत कुल ४४ अर्ब ४१ करोड ९८ लाख २६ हजार वैदेशिक लगानी प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै चीनबाट २३३ परियोजनामा २१ अर्ब १४ करोड ५६ लाख चार हजार रुपियाँको लगानी प्रतिबद्धता आएको छ। यस्तै दोस्रोमा कोरियाबाट १६ वटा परियोजनामा १२ अर्ब ९६ करोड १० लाख रुपियाँको लगानी प्रतिबद्धता आएको गोरखापत्र अनलाइनले लेखेको छ।

भारतबाट १८ वटा परियोजनाबाट दुई अर्ब ७३ करोड ४६ लाख ५५ हजार रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यस्तै अमेरिकाबाट १५ वटा परियोजनामार्फत एक अर्ब ५१ करोड ९३ लाख ९८ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ।

हङकङबाट दुई वटा परियोजनामा ४२ करोड, सिङ्गापुरबाट तीन वटा परियोजनामार्फत एक अर्ब ४१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। युनाइटेड अरब इमिरेट्सबाट दुई वटा परियोजनामार्फत ५० करोड रुपियाँ, नेदरल्यान्डबाट तीन वटा परियोजनमा ११ करोड ४४ लाख रुपियाँ, भियतनामबाट दुई वटा परियोजनामार्फत ३० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

उद्योग विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा प्रमुख शङ्करसिंह धामीले ११ महिनामा चीन र कोरियाबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको जानकारी दिनुभयो। सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रमा लगानी प्रतिबद्धता आउने गरेका छन्।

चालु आवको ११ महिनामा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवा क्षेत्रमा ११४, पर्यटनमूलक उद्योगमा १७६, उत्पादनमूलक क्षेत्रमा ४०, सूचना प्रविधिमूलक १०, पूर्वाधारमूलक उद्योगमा सात, कृषिजन्य उद्योग आठ खानिजजन्यमा तीन र ऊर्जामा एकमा विदेशी लगानी आएको छ। ११ महिनामा सबैभन्दा धेरै साना उद्योगमा ३४१, मझौला १४ र ठुला चार उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn