नेपाली

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना तीन महिनामा सम्पन्न हुने

criPublished: 2024-06-25 17:14:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। निगमले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको कान्तिपुर अनलाइनले लेखेको छ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्यांक निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टितेल पाइप लाइनबाट ल्याइने बताउनुभयो।

'दोस्रो चरणअन्तर्गतका ठूला पूर्वाधार निर्माणका सबैजसो काम सकिएका छन्,' उहाँले भन्नुभयो, 'परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोलका ट्यांक निर्माण गर्नुपर्ने थियो। अहिलेसम्म दुईवटै ट्यांक निर्माणको काम सम्पन्न भइसकेको छ,' उहाँले भन्नुभयो, 'समग्रमा अहिलेको जुन रफ्तारमा काम भइरहेको छ। सोही कायम रहेको खण्डमा तीन महिनाभित्र सम्पन्न हुनेछ।'

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको बताउनुभयो। 'केही सिभिलसँग सम्बन्धित र इलोक्ट्रिोनिक्स र आइटीसँग सम्बन्धित काम बाँकी रहेको छ,' उहाँले भन्नुभयो, 'बाँकी रहेका काम पनि तीव्रगतिमा भइरहेकाले सकेसम्म भदौको दोस्रो साताभित्र सकाउने गरी काम भइरहेको छ।'

प्रमुख उपाध्यायले पेट्रोल पाइप लाइनबाट ल्याएसँगै ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने बताउनुभयो। 'एकतर्फ प्रतिलिटर तीन रुपैयाँ ढुवानी खर्च घट्नेछ भने अर्कातर्फ वातावरण प्रदूषण पनि कम हुनेछ,' उहाँले भन्नुभयो, 'योसँगै वार्षिक एक अर्ब रुपैयाँ रकम ढुवानी भाडा जोगिनेछ।' निगमले अहिले पेट्रोल तथा मट्टितेल भारतको बरौनीबाट ट्यांकरबाट ल्याउँदै आइरहेको छ। डिजेल भने पाइप लाइनबाटै भित्रिदै आइरहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn