नेपाली

वैदेशिक रोजगारीका ठगीमा ६ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

criPublished: 2024-06-24 17:31:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

निर्देशक सुवेदीले वैदेशिक रोजगारीका सम्बन्धमा परेका उजुरीमध्ये ठुलो सङ्ख्याका व्यक्तिगत भएकाले ती उजुरी टुङ्गो लगाउन समय लाग्ने भएकाले फर्स्योटको सङ्ख्या विगतको भन्दा बढेको जानकारी दिनुभयो।

विभागका अनुसार गत आव २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका उजुरीको सङ्ख्या तीन हजार ३५६ थिए भने गत आव २०७८/७९ मा वैदेशिक रोजगारीका नाममा परेका उजुरीको सङ्ख्या एक हजार ७४२ वटा थिए। तीन आवको तथ्याङ्क विश्लेषण गर्दा चालु आव २०८०/८१ को ११ महिनामा छ हजार ८४३ उजुरी दर्ता भएका छन्।

पछिल्लो दुई वर्षको बिचमा विभाग र प्रहरीमा परेको उजुरीका सङ्ख्या हेर्दा वैदेशिक रोजगारीमा जाने सङ्ख्यासँगै ठगीका उजुरी पनि बढेको पाइएको छ। त्यसो त विभागका अनुसार चालु आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या छ लाख ८२ हजार ५६६ जना रहेको छ। आव २०७९/८० मा श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या सात लाख ७१ हजार रहेको छ भने आव २०७८/७९ मा छ लाख ३० हजार ९० रहेको थियो।

विभागका निर्देशक सुवेदीले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी गराउनुभयो।

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेर भनेर आउने उजुरी सबैभन्दा बढी व्यक्तिगत रहेको र रकम पनि व्यक्तिगतकै बढी हुने गरेको पाइन्छ। विभागका निर्देशक सुवेदीले व्यक्तिगत रूपमा हुने ठगी युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पठाउने भन्दै शिक्षित व्यक्ति नै पीडित हुने गरेको र रकम पनि ठुलो परिमाणको हुने गरेको बताउनुभयो।

व्यक्तिगततर्फ उजुरी गर्न आउनेमा म्यानपावर संस्था, कन्सलटेन्सी, ट्राभल एजेन्सीबाट ठगिए पनि सबैभन्दा बढी एजेन्टबाट ठगिने गरेको उहाँको भनाइ छ। विभागमा खाडी र मलेसिया जाने श्रमिकभन्दा अमेरिका, क्यानडा, पोर्चुगल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या पनि ठुलो छ।

यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको छ। विभागका अनुसार म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छ तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn