नेपाली

वैदेशिक रोजगारीका ठगीमा ६ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

criPublished: 2024-06-24 17:31:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ। वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन्। यसरी ठगीमा पर्ने सबैको तथ्याङ्क भेटिँदैन। वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरीमध्ये आधाभन्दा कम मात्रै फस्योर्ट हुने गरेको पाइएको गोरखापत्र अनलाइनले लेखेको छ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०८०/८१ को ११ महिनासम्म छ हजार ८४३ उजुरी दर्ता भएका छन्। तीमध्ये तीन हजार ३१३ अर्थात् ४८.४५ प्रतिशत फर्स्योट गराउँदा २७ करोड ७२ लाख ९१ हजार ४१२ बराबरको रकम क्षतिपूर्ति भराइएको छ।

विभागका अनुसार सो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा दुई हजार ९८६ उजुरी दर्ता भएका छन्। तीमध्ये एक हजार ८९२ वटा उजुरी फर्स्योट भए भने ८२ वटा उजुरीमा मिलापत्र गराइएको छ। त्यसबाट एक करोड ६५ लाख ५४ हजार ६६८ रुपियाँ बराबरको रकम क्षतिपूर्तिबापत भराइएको विभागले जनाएको छ। सो अवधिमा प्रहरीमा दर्ता भएका उजुरीमध्ये एक हजार ११६ वटा उजुरी फर्स्योट हुन बाँकी छन्।

यस्तै सो अवधिमा विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार ६०१ वटा उजुरी दर्ता भएका छन्। सो शाखामा दर्ता भएका उजुरीमध्ये ४२१ वटाको मिलापत्र गराइएको छ भने ३५६ वटा उजुरी अदालतमा मुद्दा दायर गरिएको छ। सो अवधिमा मिलापत्र गराउँदा पीडकबाट पीडितलाई क्षतिपूर्तिबापत २२ करोड आठ लाख ७१ हजार ४२९ रुपियाँ भराइएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार यस शाखामा सो अवधिमा परेका उजुरीमध्ये एक हजार ८२४ वटा उजुरी छानबिन गर्ने काम भइरहेको छ।

त्यसै गरी सो अवधिमा विभागमा उद्धार राहत तथा समन्वय शाखामा एक हजार २५६ वटा उजुरी भएकोमा ६६१ वटा उजुरीको फस्र्याेट गरी पीडितलाई तीन करोड ९९ लाख ६५ हजार २८५ रुपियाँ बराबरको रकम क्षतिपूर्ति भराइएको छ। शाखाले सो अवधिमा आएका उजुरीमध्ये १५२ जनालाई आपसी सहमति गराएको छ भने २२ वटा उजुरी तामेलीमा राखेको छ। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका १४६ जनालाई विभिन्न देशबाट उद्धार गरी स्वदेश ल्याउन सफल भएको जनाइएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn