नेपाली

आईडीए काठमाडौं बैठकको निष्कर्ष : गरिब मुलुकका लागि ऐतिहासिक आर्थिक प्याकेज जरुरी

CRIPublished: 2024-06-22 15:15:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आईडीएले समावेशी विकासको नीतिमा जोड दिँदै लैंगिक विभेद अन्त्य तथा महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न थप कार्यक्रम एवं रणनीति बनाउनेछ। महिलालाई मुलप्रवाहीकरणमा समावेश गर्न शैक्षिक र आर्थिक स्तरमा विकास तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनुपर्ने आईडीएको निस्कर्ष छ । विश्व बैंकको आगामी अक्टोबरमा हुने बैठकमा आईडीएका निस्कर्षहरूबारे थप छलफल हुनेछ भने आगामी मंसिर २५ र २६ गते (डिसेम्बर १०–११) मा दक्षिण कोरियामा हुने आईडीए २१ को अन्तिम बैठकले तीन वर्षे रणनीति कार्यान्वयनमा लैजाने औपचारिक निर्णय गर्नेछ ।

काठमाडौंमा चार दिनसम्म चलेको आईडीए बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन र अर्थमन्त्री वर्षमान पुनले समापन गर्नुभएको थियो। यो बैठक विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो हालसम्मकै ठूलो कार्यक्रम रहेको बताइएको छ। बैठकमा सहभागी हुन विश्व बैंकका वरिष्ठ प्रबन्धनिर्देशक एक्सेल भान ट्रोटसनवर्गसहित आधा दर्जन बढी उपाध्यक्ष र निर्देशकहरू नेपालमा आएका थिए । त्यस्तै ६१ देशका करिब २ सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी थिए ।

बैठक व्यवस्थापनका लागि अर्थ मन्त्रालयले सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको थियो । विश्व बैंकले सन् १९६० मा स्थापना गरेको आईडीए विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको अग्रणी निकाय हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn