नेपाली

हिमालय क्षेत्रमा हिउँ कम, जल संकटको चेतावनी

CRIPublished: 2024-06-20 15:52:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उहाँका अनुसार सन् २०१८ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशत कम थियो । सन् २०१९ र २०२० का वर्षहरुमा हिउँको मात्रा सरदरभन्दा क्रमश: २८ र ३२ प्रतिशत बढी देखिएको थियो । सन् २०२२ मा १२.५ र सन् २०२३ मा ७.५ प्रतिशतले कम थियो।

हिन्दुकुश क्षेत्र पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको छ । एसियाका १२ प्रमुख नदी प्रणालीहरुमध्ये एक चौथाइ नदी प्रणालीको पानीको मुख्य स्रोत हिन्दुकुश हिमालय क्षेत्र हो । यसमा गङ्गा, सिन्धु, एलो, मेकाङ्ग, इरावती लगायत छन् ।

नदी प्रणालीमा प्रवाह हुने पानीमा हिउँको योगदान भने एकनास छैन । मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने पानीमा ७४ प्रतिशत योगदान हिन्दुकुश हिमालय क्षेत्रको हिउँको छ । यसैगरी अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीमा ७७ प्रतिशत र सिन्धु नदीमा ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रको योगदान छ ।

हिमालय क्षेत्रको हिउँ यस क्षेत्रका करिब २४ करोड मानिसका लागि पानीको मुख्य स्रोत हो । त्यसका अलावा तटीय क्षेत्रमा रहने थप १.६५ अर्ब मानिस पनि यही स्रोतमा निर्भर छन् । यी प्रत्यक्ष र अप्रत्यक्षरुपमा अर्बौंका लागि भोजन, ऊर्जा, स्वच्छ हावा र आम्दानीका माध्यम बनेका छन् । तर विशेष गरी पश्चिमी हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा तीव्र गिरावट आएको छ, जहाँ पानीको आपूर्तिमा हिउँको योगदान सबैभन्दा बढी छ ।

रिपोर्टअनुसार हिन्दुकुश र हिमालय क्षेत्रमा ‘स्नो पर्सिस्टेन्स’ अर्थात् जमिनमा हिउँ रहीरहने समय मापन गरिएको थियो । यल्लो रिभर अर्थात् ह्वाङ हो नदीमा भने हिउँको स्तर करिब २० प्रतिशत वृद्धि देखिए पनि अन्यमा ह्रास आएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn