नेपाली

हिमालय क्षेत्रमा हिउँ कम, जल संकटको चेतावनी

CRIPublished: 2024-06-20 15:52:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले यसो हुनुमा मुख्यरुपमा जलवायु परिवर्तनको कारणलाई लिएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ ।

यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ । त्यसैले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार जस्ता देशहरुलाई चेतावनी दिँदै इसिमोडले भनेको छ, ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।’त्यसैले इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।

अनलाइनखबरका अनुसार इसिमोडमा कार्यरत पाकिस्तानी वैज्ञानिक शेर मोहम्मदले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको तहबारे अध्ययन गर्ने टोलीको नेतृत्व गर्नुभएको थियो। उहाँले भन्नुभयो, ‘हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर तल–माथि भएकाले विशेष गरी यसै वर्ष पानीको गम्भीर संकट हुनसक्छ ।’

उहाँका अनुसार यस वर्ष (सन् २०२४) मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ ले मात्रै बढी छ। त्यसो त हिमालय क्षेत्रमा हरेक वर्ष हिउँको मात्रा तलमाथि भरहन्छ । इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ भन्नुहुन्छ, ‘कुनै वर्ष धेरै नै हिउँ परेको र कुनै वर्ष कम परेको देखिएको छ । तर हरेक वर्ष घटिरहेको छ भन्न चाहिँ अझै सकिँदैन ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn