नेपाली

पर्यटक अभावमा काठमाडौंको ठमेल क्षेत्रमा चहलपहल घट्दो

CRIPublished: 2024-06-19 15:45:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ठमेल र दरबारमार्ग क्षेत्र गत वैशाख १ गतेबाट २४ सै घण्टा खुला गरेको छ। डिस्को, क्लब, डान्सबार जस्ता मनोरञ्जनात्मक रात्रीकालीन व्यवसायहरू राती अबेरसम्म चलिरहेको छ। ठमेल क्षेत्रमा सुरक्षाको पूर्ण प्रत्याभूति गरी घरधनी, व्यवसायी, ठमेल पर्यटन विकास परिषद् सबैको सहमतिमा कानुनले निर्दिष्ट गरेको नीति तथा व्यवस्था अनुरूप व्यवस्थित र मर्यादित रूपले ठमेल कहिल्यै बन्द नहुने प्रबन्ध गरिएको छ। बजार २४ सै घण्टा खुल्ने भएपछि ठमेलका पर्यटन व्यवसायीहरूले व्यापारमा गत वर्षभन्दा केही राहत पाउने अपेक्षा गरेको भए पनि त्यसो नभएको बताउँछन्।

नागरिकन्यूज डटकमका अनुसार ठमेलमा १० हजारको संख्यामा पर्यटन व्यवसायीहरू रहेका छन्। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भन्नुभयो, ‘परिषद्को तथ्यांक अनुसार आठ हजारको हाराहरीमा व्यवसायीहरू भए पनि पूरा ठमेल क्षेत्रमा करिब १० हजार जति पर्यटन व्यवासायी छन्। विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकको चहलपहल छ।’

पर्यटकीय सिजनमा ठमेल क्षेत्रका व्यवसायीले दैनिक ४० करोड रूपैयाँ हाराहारीमा आर्थिक कारोबार गर्ने भए पनि अहिले २२ करोड रूपैयाँ हाराहरीको आर्थिक कारोबार मात्र गरिरहेको अध्यक्ष शर्माको दाबी छ। ‘ठमेलको व्यापार पूरै शून्य छैन तर ‘अफ सिजन’ भएकाले व्यापारमा गिरावट भने छ’, उहाँले भन्नुभयो, ‘केही समय लाग्ला तर ठमेलमा चहलपहल बढाएर पूरै सिजन चल्ने वातावरण विस्तारै निर्माण गर्दैछौं। त्यसपछि ठमेलको आर्थिक कारोबारमा स्थिरता कायम हुन्छ।’

पर्यटकीय सिजनमा दैनिक एकदेखि दुई लाख रूपैयाँसम्म कारोबार हुने गरेकोमा अहिले दैनिक २०/३० हजार रूपैयाँको मात्र कारोबार भइरहेको सैयद अजुले बताउनुभयो। ठमेलमा पश्मिनाको व्यवसाय गर्ने अजुले विदेशी पर्यटक नभएसँगै व्यापार सुस्ताएको बताउनुभयो। ‘ठमेलमा अहिले पर्यटक छैनन्, सबैतिर सुनसान छ।’ अजुले भन्नुभयो, अहिले काम छैन्, खाली जस्तै हो ।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn