नेपाली

पर्यटक अभावमा काठमाडौंको ठमेल क्षेत्रमा चहलपहल घट्दो

CRIPublished: 2024-06-19 15:45:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वसन्त (चैत, वैशाख, जेठ) ऋतु सकिएसँगै मुलुकमा विदेशी पर्यटकको चहलपहल सुस्ताएको छ। मार्च, अप्रिल र मेमा विदेशी पर्यटकले खचाखच भरिने ठमेल क्षेत्रका पसल तथा रेष्टुरेन्ट गृष्म ऋतु सुरु भएलगत्तै घटेको हो। पर्यटकको चहलपहल घटेसँगै मुख्य पर्यटकीय बजारमा हुने कारोबारमा पनि कमी आएको व्यवसायीहरूले बताउन थालेका छन्।

ठमेलमा भेडाको उनबाट तयार गरिएका सामग्रीहरू बेच्ने व्यापारी शम्भु अधिकारीले पसलमा अबको दुई, अढाई महिनाजति खासै व्यापार नहुने बताउनुभयो। ‘अब सिजन सकियो, खासै व्यापार हुँदैन्’, अधिकारीले भन्नुभयो, ‘हामी व्यापारीका लागि गृष्म ऋतु राम्रो होइन, पर्यटक नै हुँदैनन्, पर्यटक नभएपछि सामान बिक्दैन।’ विशेषगरी चीन, अष्ट्रेलिया, जर्मनी, अमेरिका लगायत मुलुकका पर्यटकले उनको पसलबाट सामान किन्ने गरेका छन्।

पर्यटन क्षेत्रमा वसन्त र शरद ऋतु पर्यटकीय सिजन मान्छन्। यी दुई सिजनमा विदेशी पर्यटकको आगमन उच्च हुन्छ। विदेशी पर्यटक धेरै आउने भएकाले यी सिजनमा पर्यटन क्षेत्रका व्यवसायीले उच्चतम लाभ लिन्छन् तर वसन्तपछिको गृष्म ऋतुमा पर्यटक नहुँदा ठमेलका व्यवसायीहरूले फुर्सद पाएका छन्।

ठमेलकै अर्का ‘ट्रेकिङ गियर’ बेच्ने व्यवसायी सविता बिडारीका अनुसार अहिले ट्रेकिङका सामान बेच्ने व्यवसायीले आउने ऋतुको लागि तयारी गरिरहेको बताइन्। उनले पर्यटक आउने आगामी ऋतुको लागि पसलमा के सामान राख्ने, कस्तो समान कताबाट ल्याउने भन्ने काममा लागेको बताउनुभयो। ‘यो पर्यटकीय सिजन नै होइन, पसल कसरी चल्छ हौ ?’ उहाँले भन्नुभयो, ‘गत वर्ष यो ऋतुमा भारतीय पर्यटकको अलि चहलपहल थियो, त्यो पनि यसपालि चीनले भारतीयलाई कैलाश जाने भिसा दिएन। अलिअलि हुने व्यापार पनि ठप्प भयो।’ यस पटक चीनले भारतीय पर्यटकलाई कैलाश पर्वत जाने भिसा नदिँदा पनि नेपालका पर्यटन व्यवसायीहरू थप मर्कामा परेको उनले बताइन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn