नेपाली

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

CRIPublished: 2024-06-17 15:50:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ४३ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आउँदा ७ अर्ब ४ करोड ७४ लाख रुपैयाँ मात्रै मुलुक भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी साउनमा २ अर्ब ६४ करोड ६२ लाख रुपैयाँ रकम भित्रिएको छ । सबैभन्दा कम कात्तिक महिनामा २७ करोड १ लाख रुपैयाँ भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार वैशाखमा ५५ करोड ७९ लाख रुपैयाँ मात्रै भित्रिएको छ ।

प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिने गरेको समेत सरोकारवालाको भनाइ छ ।

प्रतिबद्धता तथा स्वीकृत रकम एकै पटक नभित्रिनेसमेत सरकारी अधिकारीहरू नै बताउँछन् । विदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता गर्ने र तर लगानी नल्याउनुमा मुलुकको शासकीय क्षमता कमजोर हुन मुख्य कारण रहेको पूर्वअर्थ सचिव रामेश्वर खनालले बताउनुभयो।

नेपालमा आर्थिक वर्ष ०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । ०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिने गरेको विदेशी लगानीसम्बन्धी राष्ट्र बैंकको पछिल्लो अध्ययन प्रतिवेदनमा जनाइएको छ । अघिल्ला प्रायः वर्षमा नेपाल भित्रिने वैदेशिक लगानीको तुलनामा सोही अवधिमा नेपालबाट बाहिरिने लाभांशबापतको रकम धेरै रहँदै आएको थियो । तर आर्थिक वर्ष ०७८/७९ मा लाभांशबापत बाहिरिनेभन्दा भित्रिने विदेशी लगानी धेरै रहेको सर्वेक्षणले देखाएको छ ।कान्तिपुर।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn