नेपाली

जेठमा मात्रै सवा ११ अर्ब विदेशी लगानी प्रतिबद्धता

CRIPublished: 2024-06-17 15:50:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै ११ अर्ब २९ करोड ४६ लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ५४ अर्ब ८५ करोड ७८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी वैशाखमा १३ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको विभागको भनाइ छ । सबैभन्दा कम माघमा ३४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

विभागका अनुसार जेठमा साना ५१ वटा र मझौला एक वटा उद्योगमा लगानी प्रतिबद्धता आएको हो । जेठमा सबैभन्दा पर्यटन क्षेत्रमा ३२.६२ प्रतिशत, सेवा क्षेत्रमा ११.२१, उत्पादनमा ६.११, सूचना तथा प्रविधिमा १.२, खनिजमा १.२ र कृषिमा १.२ प्रतिशत लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनामा रोयल्टीबापत २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा रोयल्टीबापत २ अर्ब ३२ करोड ८ लाख १२ हजार रुपैयाँ बाहिरिएको छ । १६ लाख १५ हजार २३८ डलर, ३० करोड ७० लाख ६१ हजार भारु र ४९ हजार युरो बाहिरिएको भनाइ छ ।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनकै अवसरमा विभागले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली उद्घाटन गर्दै कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिने विभागले जनाएको छ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू नहुने विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकरसिंह धामीले बताउनुभयो । वैशाखमा अटोमेटिक रुट सञ्चालनमा आएको १९ दिनमा २१ वटा उद्योगमा २ अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । जेठमा अटोमेटिक रुटबाट ८ अर्ब २७ करोड ९० लाख रुपैयाँ प्रतिबद्धता आएको विभागको भनाइ छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn