नेपाली

सीपीपीसीसीका उपाध्यक्ष बाटरद्वारा नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

CRIPublished: 2024-06-17 15:42:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कान्तिपुर अनलाइनका अनुसार उपराष्ट्रपति यादवले शुक्रबार उपाध्यक्ष बाटरसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको उल्लेख गर्नुभयो। चीनको ‘सिचुआन विमान’ ले छेन्दु र पोखराबीच चार्टर्ड उडान गरेको तथा छिन्दु र काठमाडौंबीच उडान सुचारु भएकामा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुनेमा विश्वाससमेत व्यक्त गर्नुभयो।

यादवले चीन सरकारले २०२४ को मे १ देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको जानकारी पाएर खुसी लागेको उल्लेख गर्नुभयो। जवाफमा उपाध्यक्ष बाटरले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताउनुभएको थियो। बाटरले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शनिबार भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई थप बढावा दिने, आर्थिक र विकास क्षेत्रमा सहकार्य गर्ने तथा जनस्तर सम्बन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

पूर्वराजदूत दिनेश भट्टराई चीनका राजनीतिक दलका नेताबाट नेपालमा भइरहेका भ्रमणले अर्थ राख्ने भन्नुहुन्छ। ‘चीनमा पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी) बलियो हुन्छ । त्यहाँ सबै पार्टीले नै निर्णय लिन्छ । नेपालमा पार्टीका पदाधिकारी आएर भेटवार्ता गर्नुलाई नजिकबाट हेर्न आवश्यक हुन्छ,’ उहाँले भन्नुभयो, ‘चीनबाट अहिले संलग्नता बढ्दो छ । अहिलेको भ्रमण त्यसैको निरन्तरता नै हो ।’

अर्का पूर्वराजदूत विजयकान्त कर्णले नेपालका कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचमा पछिल्लो समय बढी सहकार्य भइरहेको टिप्पणी गर्नुभयो। उहाँले दुई मुलुकको सम्बन्धमा भन्दा पनि दलगत सम्बन्धलाई बढी चासो दिइएको बताउनुभयो । ‘नेपालले चीनबाट पूर्वाधार निर्माण होस् । नेपालमा आर्थिक समृद्धि होस् भन्ने चाहेको छ ।’

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn