नेपाली

सीपीपीसीसीका उपाध्यक्ष बाटरद्वारा नेपालका उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

CRIPublished: 2024-06-17 15:42:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। चारदिने भ्रमणमा शुक्रबार नेपाल आएका बाटरले प्रधानमन्त्रीका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटिसक्नुभयो।

सरकारी पक्षले ती भेटवार्ताहरूमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको उल्लेख गरेको छ । तर विज्ञहरू चिनियाँ पक्षबाट राजनीतिक तहमा भएको भ्रमणलाई सुरक्षा र राजनीतिक पक्षमा केन्द्रित भएको बताउँछन् । सीपीपीसीसी चिनियाँ कम्युनिस्ट पार्टी र सरकारको उच्च राजनीतिक सल्लाहकार संयन्त्र हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र उपाध्यक्ष बाटरबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोगबारे छलफल भएको थियो । दाहालले नेपाल–चीन सीमा क्षेत्रका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिनुभयो। उहाँले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।

‘प्रधानमन्त्रीले अहिले चीन, भारतसहित मैत्रीपूर्ण सम्बन्ध रहेका मुलुकसँग नेपालको आर्थिक विकासका लागि तथा सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि बहुपक्षीय र द्विपक्षीय सहयोग लिइरहनुभएको छ । भारत भ्रमणमा पनि राजनीतिक भेटवार्ता र संवादहरूका क्रममा मूलतः आर्थिक र अर्थ राजनीतिमा आधारित हाम्रो राष्ट्रिय दृष्टिकोण प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको थियो,’ सापकोटाले भन्नुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn