नेपाली

काठमाण्डूमा चिनियाँ शैक्षिक प्रदर्शनी हुने

CRIPublished: 2024-06-17 15:31:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपालस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन्ले सन् २००३ देखि नेपालमा सुरु भएको चिनियाँ शैक्षिक प्रदर्शनी ८ पटकसम्म भव्य रुपमा सफल भएको जानकारी दिनुभयो । वाङ सिन्ले प्रत्येक वर्ष एक हजारभन्दा धेरै नेपाली विद्यार्थीहरु चीनमा उच्च शिक्षा अध्ययन गर्न जाने गरेको बताउहुँदै चीनमा अध्ययन पुरागरी फर्किएका नेपालीहरुले नेपालको भौतिक पूर्वाधार विकास, चिकित्साशास्त्र र सामाजिक विकास लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुयाईरहेको स्मरण गर्नुभयो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल चाईना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले गत वर्षमात्र नेपालबाट एसईई र प्लस टु गरेका १ लाख ११ हजार ८ सय जना विद्यार्थीहरुले ने अप्जेक्सन लेटर लिएको जानकारी दिनुहुँदै नेपालबाट उच्च शिक्षाका लागि बाहिरीने विद्यार्थीहरु नेपाल नै नफर्कनु गम्भिर विषय भएको बताउनु भयो ।

शैक्षिक प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने बताईएको छ ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn