नेपाली

काठमाण्डूमा चिनियाँ शैक्षिक प्रदर्शनी हुने

CRIPublished: 2024-06-17 15:31:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई लक्षित गर्दै काठमाण्डूमा चिनियाँ उच्च शिक्षा सम्बन्धी शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको छ ।

चीनको छात्रवृत्ति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को समन्वयमा काठमाण्डू बौद्धस्थित होटल हायातमा यही असार ४ गते मंगलबार एक दिने उक्त शैक्षिक प्रदर्शनीको आयोजना गरिने भएको हो ।

चीनको छात्रवृत्ति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावासले १६ तारिख आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले प्रदर्शनीमा भाग लिने जानकारी गराएका हुन् ।

यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताईएको छ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा मंगलबार बिहान ९ः३० बजे सो प्रदर्शनीको उद्घाटन गर्नुहुने जानकारी दिनुभयो । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन अभिभावकहरुलाई पनि डा. शाहले अनुरोध गर्नुभएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn