नेपाली

बंगलादेश र भुटानका विमान कम्पनीले मागे पोखरा उडानको अनुमति, कर छुटको प्रस्ताव अर्थ मन्त्रालयमा

criPublished: 2024-06-16 16:06:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा भुटान र बंगलादेशबाट नियमित उडान भइरहेका छन्। विमान बंगलादेश र नेपालकै हिमालय एयरलाइन्सले बंगलादेशमा नियमित उडान गर्दै आएका छन्। त्रिभुवन विमानस्थलबाट उक्त उडान हुँदै आएको छ। अहिले बंगलादेशको निजी वायुसेवा कम्पनी एयर अस्त्रले नेपालको पोखरामा उडानको प्रस्ताव गरेको हो। कम्पनीले बंगलादेशमा एटीआर जहाजमार्फत उडान गर्दै आएको छ।‘एयर अस्त्रले ढाका–पोखरा–ढाका हप्ताको ४ वटा उडानको प्रस्ताव गरेको छ’, उडान अनुमति शाखाका प्रमुख भुलले भन्नुभयो, ‘बंगलादेशबाट उडान अनुमति पाएको पत्र हामीलाई पठाएको छ।’

उक्त पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ भने कर छुटसहित सहुलियतको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ। ढाका–पोखरा–ढाका उडानको लागि नेपाल सरकारले छुट दिए नियमित उडान गर्ने कम्पनीको प्रतिबद्धता छ।

यसैबीच हाल भुटानको २ वटा एयरलाइन्सले काठमाडौंमा उडान गरिरहेका छन्। ड्रुक एयरले एटीआर र एयरबस ३१९ बाट काठमाडौंमा उडान गर्दै आएको छ। त्यसबाहेक भुटान एयरले एयरबस ३१९ बाटै उडान गरिरहेको छ। भुटान सिभिल एभिएसन अथोरिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पोखरा र भैरहवामा उडानको प्रस्ताव गरेको थियो। पोखरा उडानको लागि भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी ड्रुकले प्रस्ताव गरेको छ।गत वर्ष भदौ २३ गते ड्रुक एयरको जहाजले पोखरामा चार्टर्ड उडान गरेको थियो। उक्त कम्पनीले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्दै आएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn