नेपाली

बंगलादेश र भुटानका विमान कम्पनीले मागे पोखरा उडानको अनुमति, कर छुटको प्रस्ताव अर्थ मन्त्रालयमा

criPublished: 2024-06-16 16:06:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन्।

अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ एयरलाइन्स एयर अस्त्र र ड्रुक एयरले सरकारसँग प्रस्ताव गरेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले अनौपचारिक प्रस्ताव आएको बताउनुभयो।

‘नेपालमा भएका जीएसए र कम्पनीका प्रतिनिधिले अनौपचारिक प्रस्ताव पठाएका छन्’, हवाइ उडान महाशाखाकी प्रमुख समेत रहेकी घिमिरेले भन्नुभयो, ‘पोखरा विमानस्थलमा उडान गर्न उहाँहरु इच्छुक हुनुहुन्छ। उडानका लागि के के सुविधा दिने भन्ने निश्चित भइसकेको छैन।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पूरा हुँदा एउटा पनि नियमित उडान हुनसकेको छैन। चिनियाँ सहुलियतपूर्ण ऋण सहयोगमा बनेको विमानस्थल सञ्चालन गर्न नसकेकोमा सरकारको आलोचना भइरहेको छ।

बंगलादेश र भुटानबाट पोखरा नियमित उडान भएमा अन्य देशका एयरलाइन्सहरूबाट पनि प्रस्ताव आउनसक्ने देखिएको छ। यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएमा सरकारले भारतसँग पनि प्रवेश मार्ग र उडान अनुमतिका लागि थप छलफल गर्न सक्ने उड्डयन क्षेत्रका अधिकारीहरू बताउँछन्। पोखरामा ठूला जहाज उडानमा प्राविधिक समस्या हुनसक्ने भए पनि एयरबस ३१९ जहाज नियमित उडानमा समस्या छैन। नेपालखबरका अनुसार भुटान, चीनबाट चार्टर्ड उडान भइसकेका छन्।

नियमित उडानको लागि २ प्रस्ताव आए पनि सरकारले निर्णय गरिसकेको छैन।

‘पोखरा उडानको लागि बंगलादेश र भुटानको एयरलाइन्सले चासो राखेका छन्’, उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, ‘उनीहरुको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयमा विचाराधीन छ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn