नेपाली

नेपाल भित्रिने बिजुली गाडीमा सबैभन्दा धेरै चीनबाट आयात

criPublished: 2024-06-13 15:50:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल र चीनबीचको नाका रसुवागढीमा विद्युतीय गाडीको लाम लागेको छ। सयौंको संख्यामा केरुङ–टिम्मुरेको बगरभरि कार, मिनी कार ल्याएर राखिएको छ। बजेट आउनुभन्दा केही अगाडिदेखि गाडीको आयात ह्वात्तै बढ्ने रसुवागढी भन्सार कार्यालयको भनाइ छ। चालु आर्थिक वर्षको हालसम्म सो नाकाबाट झण्डै चार हजार ईभी गाडी भित्रिएको कार्यालयले जानकारी दिएको छ। कार्यालयका अनुसार दैनिक पाँच दर्जन गाडी त्यहाँबाट भित्रिने गरेको जनआस्था अनलाइनले लेखेको छ।

भन्सार विभागको तथ्यांकअनुसार २०८०/८१ को वैशाखसम्म झण्डै ९ हजार ईभी गाडी भित्रिएको छ। सबैभन्दा बढी चिनियाँ कम्पनीका गाडी आएको छ। करिब ३७ कम्पनीका कार र जीप भित्रिने गरेको छ। जसमा ओमोडा, नेटा, हुन्डाई, टाटा, बिवाईडीलगायत छन्। अब छिट्टै सुजुकी र चिलीले पनि यसतर्फ हात हाल्दैछन्।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले वृद्धि भएको करले आयात संख्यामा कमी आउने जनाएको छ। एशोसिएशनका उपाध्यक्ष राजनबाबु श्रेष्ठले बजेटमा भएको कर वृद्धिले अटो व्यवसाय क्षेत्रमा प्रभाव पर्ने बताउनुभयो। यसले ईभी गाडीको मूल्यमा लाखौँको फरक पर्ने उहाँको भनाइ छ। ‘अहिले १७–१८ लाखदेखि ईभी गाडी शुरु हुन्छ। करको दर बढेपछि पहिलेभन्दा मूल्यमा वृद्धि हुन्छ। त्यसैले आयातमा प्रभाव पर्न सक्छ। कर बढेसँगै व्यवसायीले धमाधम गाडी भित्र्याउन थालेका छन्। त्यसैगरी, जति पनि गाडी केरुङमा आएको थियो, सबै छुटिसकेको छ।’

त्यस्तै, एशोसिएशनका कर्मचारी प्रमुख सुरेन्द्रमान प्रधानले करको दर स्थिर नहुँदा लगानीकर्ता सवारी साधनमा लगानी गर्न हिच्किचाइरहेको बताउनुभयो। सरकारले ईभी गाडीलाई प्रोत्साहन गर्ने भने पनि व्यवहारमा अलग देखिएको उहाँको गुनासो छ।

पछिल्लो समय नेपालमा विद्युतीय (ईभी) गाडीतर्फ सर्वसाधारणको आकर्षण बढ्दो छ। पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा कम लागत लाग्ने र प्रदूषणमुक्त हुने भएकाले ईभीतिर धेरैले रुचि राखेको देखिन्छ। पेट्रोलियम पदार्थको आयातमा ठूलो व्यापार घाटा व्यहोर्नुपर्ने भएपछि सरकारले ईभी गाडीको प्रयोगमा जोड दिएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn