नेपाली

‘फोटोग्राफी’बाट आम्दानी गर्दै कैलालीका युवा

criPublished: 2024-06-11 16:04:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कैलालीको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ। अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ। घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उहाँ पुग्नुहुन्छ। ताल घुम्न आउने पर्यटकलाई आकर्षक तस्बिर खिचिदिएवापत उहाँले मनग्य कमाई गर्दै आउनु भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

‘काकाको क्यामेराबाट बिदाको दिन पर्यटकको फोटो खिच्ने काम गर्छु। दिनमा रु दुईदेखि तीन हजारसम्म कमाई हुने गरेको छ’, उहाँ भन्नुहुन्छ, ‘यताबाट कमाएको पैसाले विद्यालय तथा घरखर्च धानेको छ भने नयाँ क्यामेरा किन्न केही पैसा जम्मा गरेको छु। केही पैसा काकालाई पनि दिनुपर्छ।’

उहाँ घोडाघोडीमात्रै होइन, कर्णाली चिसापानी, टीकापुर उद्यान पनि तस्वीर खिच्ने काम गर्दै पुग्ने गरेको सुनाउनुहुन्छ। अहिले पर्यटकीय क्षेत्रमा फोटोग्राफी एकदमै राम्रो चलेको छ। केही युवाहरूले त्यो क्षेत्रबाट मनग्ये आम्दानी गर्दै आएका भने कतिपयले व्यवसायको रूपमै फोटोग्राफीलाई बनाएका छन्। दिनप्रतिदिन युवाहरू फोटोग्राफीमा जोडिदै गएका छन्। एक–दुईजनाबाट सुरु भएको फोटोग्राफी घोडाघोडीमा अहिले १५ जनाभन्दा बढी युवा जोडिएका छन्।

घोडाघोडीमा मात्रै नभई कर्णाली चिसापानी, टीकापुर उद्यानमा पनि ‘फोटोग्राफर‘ थपिँदै गएका छन्। घोडाघोडी नगरपालिकाकै करण क्षेत्री रोजगारीकै सिलसिलामा आठ वर्ष भारत तथा दुई वर्ष दुबई बस्नुभयो। वैदेशिक रोजगारीबाट एक वर्ष पहिले फर्किएका करणलाई त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन।

साथीभाइको सँगसँगै फोटोग्राफीमा लाग्नुभएका करण देशमा सम्भावना नभएरभन्दा पनि त्यसको पहिचान गर्न नसकेर विदेशिनेहरू धेरै रहेको बताउनुहुन्छ। ‘विदेशमा बाध्यताको काम हुन्छ, जसरी पनि गर्नैपर्छ। त्यति गरेपछि मात्रै पैसा देख्न पाइन्छ’, उहाँ भन्नुहुन्छ, ‘कामको प्रवाह नगरेर पैसा कमाउन खोज्दा बिग्रेको छ। आज रु एक दुई लाखको लगानीले विदेशमा कमाउने पैसा यतै कमाउन सकिँदोरहेछ।’

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn