नेपाली

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

criPublished: 2024-06-10 16:03:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस पटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताउनुभयो। उहाँले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ। बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन्। बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपासमा रहेका विश्व बैङ्कसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएका विश्व बैङ्कका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गर्नुभएको थियो। त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैङ्क मुख्यालयमा भएको भेटमा बैङ्कका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गर्नुभएको थियो।

आइडिएको २० औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड-१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो। विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र छ सय ३५ मेगावाटको दुधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn