नेपाली

नेपाललाई समुद्रसम्म पहुँचका लागि भारतले आफ्नो भूमि हुँदै तोकेका रुट दशकौं पुराना, वैकल्पिक मार्गको खोजी

criPublished: 2024-06-08 16:58:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाललाई भारत हुँदै समुद्रसम्मको पहँचका लागि अहिले प्रयोगमा रहेकाभन्दा पछिल्लो समय भारतमा बनेका उच्च कोटिका वैकिल्पक स्थलमार्गहरूको प्रयोगका लागि सरकारले पहलकदमी लिनुपर्ने देखिएको छ । भारतसँगको पारवहन सन्धिले कोलकाताबाट नेपालको भन्सार बिन्दुसम्म कन्टेनर बोकेका ट्रक जानलाई निश्चित रुट तोकेर बाटो निर्धारण गरेको छ ।

नेपाल भारतबीच सन् १९९९ मा पारवहन सन्धि भएको थियो । उक्त सन्धिले कोलकाताबाट नेपालको सीमासम्म पूर्वबाट क्रमशः सुखिया पोखरी, पानीट्यांकी, गलगलिया, जोगवनी, भीमनगर, जयनगर, भिट्ठामोड, रक्सौल, सुनौली, बड्नी, जरवा, नेपालगन्ज, टिकोनिया, गौरिफान्टा र बनवासासम्म सामान ढुवानीका लागि निश्चित बाटो दिएको छ । उक्त रुटहरू ०४८ सालअघि नै तोकिएका थिए । भूपरिवेष्टित देश नेपाललाई समुद्रसम्म पहुँचका लागि भारतले आफ्नो भूमि हुँदै तोकेका रुट दशकौं पुराना छन् । रक्सौल–वीरगन्ज, जोगवनी–विराटनगर, काँकडभिट्ठा–पानीट्यांकी, सुनौली–भैरहवा, नेपालगन्ज र गौरीफन्टा भन्सारबाहेकका रुटको प्रयोग नाम मात्रको छ । केही रुट त प्रयोगमा पनि छैनन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले भारतमा बनेको तीव्र गतिको उच्चस्तरीय सडक सञ्जाललाई प्रयोगमा ल्याउन द्विपक्षीय संवादमा छलफलको विषय बनाइनुपर्ने सुझाव नेपाल सरकारलाई दिइसकेको छ ।

तेस्रो मुलुकबाट नेपालका लागि आउने सामानमध्ये ६५–७० प्रतिशत रक्सौल–वीरगन्ज भन्सार हुँदै नेपाल भित्रिने गरेको छ । कोलकाताबाट करिब आठ सय किलोमिटरको उक्त दूरी तय गर्न मालवाहक गाडीका लागि दुई रुट दिएको छ । कोलकाता बन्दरगाहबाट पश्चिम बंगाल, झारखण्ड र बिहार हुँदै मालवाहक गाडी वीरगन्ज पुग्छन् । ती दुईवटै रुटमा झारखण्डको र बिहारको केही भाग मात्रै फरक छ । धेरैजसो समानता नै छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn