नेपाली

नेपाल-चीन टिपतालासम्म खुल्यो सडक, पहिलो पटक सवारी साधन पुगे

criPublished: 2024-05-23 16:02:31
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपतालासम्म सडक सञ्जाल जोडिएसँगै भर्खरै नेपाली गाडी (सवारी साधन) पुगेको छ । उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पहिलो पटक अघिल्लो साताको शुक्रवार टिपतालासम्म नेपाली सवारी साधन पुगेको हो ।

द्विदेशीय सिमाना टिपताला भन्ज्याङ पाँच हजार १०० मिटरको उचाइमा पर्दछ । यहाँको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलास्थित टिपताला नाकासम्म नेपाली सवारी साधनअन्तर्गत पहिलो पटक एक्स्काभेटर र ट्र्याक्टर पुगेको ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले जानकारी दिनुभयो ।

सुके पानीदेखि ओलाङ्चुङगोलासम्म ट्र्याक निर्माण सम्पन्न भएको र गोलादेखि टिपतालासम्म पहिले निर्माण भएको सडकको मर्मत तथा स्तरोन्नति गरिएपछि नेपाली गाडी पुर्याउन सम्भव भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । सडक निर्माण तथा स्तरोन्नतिको काम भने एसवीए एलाइट जेभी कम्पनीले गरिरहेको छ । गत चैत मसान्तभित्रै टिपतालासम्म सडक जोड्ने निर्माण कम्पनीले राखेको लक्ष्य भने पूरा भएको थिएन ।

सडक निर्माणका क्रममा सुकेपानी–जोङ्गिन खण्डमा कडा चट्टान भेटिएपछि निर्धारित समयमा टिपताला जोड्ने लक्ष्य असफल भएको हो । टिपतालासम्म सवारी साधन (गाडी) पुगेपछि जिल्लावासी भने हर्षित भएका छन् । सबैभन्दा बढी टिपताला सिमाना नजिकको बस्ती ओलाङ्चुङगोला, याङ्मा र घुन्साका बासिन्दा खुशी भएका छन् ।

यसै गरी टिपतालासम्म यो सडक विस्तार भएसँगै भारत, नेपाल र चीनसम्म सडक सञ्जाल जोडिएको छ । भारतको सिमाना विराटनगर रानीदेखि तमोर कोरिडोर हुँदै उत्तर–दक्षिण लोक मार्गले तिब्बतसँगको सिमाना टिपताला जोडेको छ । लम्बाई करिब दुई सय ९२ किलोमिटर रहेको यो सडक मार्गलाई भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो त्रिदेशीय मार्गका रूपमा लिने गरिएको छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn