नेपाली

वीरगञ्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार

criPublished: 2024-05-22 16:54:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पछिल्लो समय कारखाना सञ्चालनका लागि ५ सय केभीको ट्रान्सफर्मर लाइन जडान भएर आन्तरिक विद्युतीकरणको काम सुरु भएको छ । ५ सय केभीको ट्रान्सफर्मर जडानका लागि नेपाल विद्युत प्राधिकरणले कारखानालाई २० लाख रुपैयाँ अनुदानस्वरुप दिएको छ भने १० लाख रुपैयाँ आविष्कार केन्द्रले लगानी गरेको छ ।

मेकानिकल इन्जिनियर साहले कृषि औजार कारखानामा व्यावसायिक उत्पादनको लागि कच्चा पदार्थ आयातमा समस्या भएको बताउनुभयो। ‘अहिलेसम्म हामीले लोकल बजार (वीरगञ्ज) बाटै पाता, फलामको सिटहरू ल्याएर काम गरिरहेका छौँ भने केही बेरिङ्ग काठमाडौँबाट मगाएका छौँ । तर भारतबाट आयात गरेका छैनौँ,’ इन्जिनियर साहले भन्नुभयो।

कृषि औजार कारखाना सञ्चालनका लागि पछिल्लो समय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक प्रकाशन गरेर बिक्री गर्नुभएको छ। हालसम्म ९० हजारभन्दा बढी पुस्तक बिक्री गरेर करिब ५ करोड रकम सङ्कलन गरिसकेको जनाइएको छ ।

२०५९ सालदेखि बन्द रहेको कारखाना महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहलमा सञ्चालनमा आएको हो । गत वर्ष असोज ११ गते अर्थ मन्त्रालय र आविष्कार केन्द्रबिच भएको सम्झौतामा कारखाना सञ्चालनका लागि पहिलो चरणको मर्मतसम्भार र सञ्चालन खर्च सरकारले बेहोर्ने भनिए पनि सरकारले अनुदानमा कारखाना सञ्चालनमा खर्च नदिएपछि अविष्कार केन्द्रले पुस्तक बिक्री गरेको रकमबाट कारखाना सञ्चालनको तयारी गरेको हो ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn