नेपाली

वीरगञ्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार

criPublished: 2024-05-22 16:54:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रिय अविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहे पनि कच्चा पदार्थ आयातमा समस्या देखिएको जनाएको छ । करिब एक दर्जन मेसिनबाट परीक्षण उत्पादन गरेसँगै केन्द्रले कारखाना व्यावसायिक उत्पादनका लागि तयार रहेको जनाएको हो।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सार महसुल उच्च हुँदा उत्पादन लागत बढ्ने र बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा लिखित निवेदन दिनुभएको छ। फलामजन्य उद्योगका लागि पाता, पाइप लगायतका कच्चा पदार्थ आवश्यक पर्दछ । यस्ता वस्तुको भन्सार महसुल १५ देखि ३० प्रतिशतसम्म छ। सरकारले केही कृषिजन्य औजारको भन्सार महसुल छुट गरेको छ र कृषि औजार बनाउन आवश्यक कच्चा पदार्थमा भने चर्को भन्सार महसुल लगाएको रातोपाटी अनलाइनले जनाएको छ।

‘परीक्षण उत्पादनका लागि अहिले हामीले लोकल बजारबाटै कच्चा पदार्थ लिएका छौँ, तर अब व्यावसायिक उत्पादन गरेर बजारमा प्रतिस्पर्धा गर्न कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट हुनुपर्यो भन्ने हाम्रो माग हो,’ वीरगञ्ज कृषि औजार कारखानाका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले भन्नुभयो। यसबारे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा अनुरोध गरेको तर सरकारको तर्फबाट कुनै ठोस निर्णय नआएको सिनियर मेकानिकल इन्जिनियर देवको भनाइ छ ।

वीरगञ्ज कृषि औजार कारखानाले केराको थामबाट फाइबर निकाल्ने मेसिन, धान काट्ने मेसिन, आलु गोड्ने, आलु रोप्ने मेसिन, घाँस तथा पराल काट्ने मेसिन, खाल्टो खन्ने औजार, घाँस खुर्किने र ड्याङ्ग बनाउने मेसिन, बिउ रोप्ने मेसिन, आधुनिक कोदालोको परीक्षण उत्पादन गरिसकेको छ।

कृषि औजार कारखानाका अर्का मेकानिकल इन्जिनियर अरुण साहले परीक्षण सफल भएका एक दर्जन मेसिन उत्पादन गरेर बजारमा पु¥याउन कारखाना तयारी अवस्थामा रहेको जनाउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn