नेपाली

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

criPublished: 2024-05-19 17:15:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

करिडोरअन्तर्गत तल्लुबगर, नलगाड र खदाङमा पक्की पुल निर्माण सुरु भएको बताइएको छ। अन्य खोलामा ह्युमपाइप राखेर डोल्पासम्म सिधा यातायात सञ्चालन गरिने तयारी भइरहेको छ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको छ। ६२ किमी सडकक्षेत्र फराकिलो बनाउने काम सुरु गरिएको छ। रुपगाड खोलाको बेलिब्रिज निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँचवटा खोलाका पुल बन्नेछन्।

अझ सानातिना खोलामा गरेर आठवटा खोलामा पुल बन्न बाँकी छ। यो पुल निर्माणपछि १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजना निर्माणमा समेत सहजता हुने विश्वास छ। यस सडकखण्डमा ठेक्का लिने तर काम नगर्ने क्याराभान कन्ट्रक्सनलाई तत्काल काममा फर्कन दबाब दिइएको भेरी करिडोर कार्यालयले जनाएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn